तीन दिन अनिवार्य श्रम गर्न पार्टी सदस्यलाई एमालेको निर्देशन

काठमाडौं । सत्तारुढ दल नेकपा एमालेले विनाशकारी भूकम्पबाट क्षति भएका २५ जिल्लाका ७६ निर्वाचन क्षेत्रमा तीन दिन श्रम गर्न सवै पार्टी सदस्यलाई निर्देशन दिएको छ । मंगलबार बसेको एमाले स्थायी कमिटी बैठकले ४ देखि ६ असारसम्म सवै पार्टी सदस्यहरुलाई अनिवार्य श्रम गर्न निर्देश दिएको प्रचार बिभागका उपप्रमुख सूर्य थापाले बताए ।
स्वयंसेवक परिचालन अभियान अन्तर्गत एमालेले एक महिने अभियान सञ्चालन गरेको छ । अभियान सञ्चालन गरेको १६ दिनसम्म १५ हजार २ सय भूकम्प पीडितका अस्थायी घर टहरा र पाँच सय भत्केका बिद्यालयका अस्थायी संरचना निर्माण गरेको छ । १४ हजारभन्दा बढि भत्केका भग्नावशेषहरु हटाएको मंगलबार पार्टी मुख्यालयमा गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice