घरबेटीको दादागिरीले बहालमा वस्नेलाई सास्ती

काठमाडौं । वैशाख १२ को भूकम्प र त्यसपछिका प्रतिधक्काहरुले अरु क्षेत्रमा जस्तै राजधानीमा भाडामा डेरा दिने र डेरा वस्नेहरुलाई निकै ठूलो समस्या पारेको छ । भूकम्पकाकारण धेरै घर ध्वस्त भयो, अधिकांश बस्नै नहुने गरी चर्कियो । वसिरहेको घरमा बस्न सक्ने स्थिति नै नभएपछि यतिवेला राजधानी सहरमा डेरा खोज्नेहरुको संख्या निकै बढेको छ एकातिर भने अर्कोतर्पm बस्दै आएको डेरा भाडाको विषय पनि विवादमा छ । भूकम्पको त्राशअवधिभर सरदर एक महिना घर तथा डेराबाट सारा मानिसहरु त्रिपाल र चउरको शरणमा आएको अवधिमा डेराभाडा लिन नहुने तर्क छ भाडामा बस्नेहरुको भने, यस्तो सम्भव छैन भन्ने तर्क घरधनीहरुको छ ।
यसका साथै शहरमा यतिवेलाको ठूलो समस्या के पनि भएको छ भने, डेरा पाउँनै मुस्किल छ र पाइहाले पनि भाडा मंहगो हुने गरेकाले भूकम्पपीडामा परेकाहरुलाई झन् आहत थपिएको छ । डेराभाडामा वस्नेहरुसँगै घरधनीहरुको पनि आफ्नै पीडा छ । भत्किएको घर मर्मत गर्नका लागि डेराखाली गर्न भन्दा पनि बहालमा वस्नेहरु अटेर गरेर वसिरहेका छन् ।
भूकम्पपछि राजधानी छाडेकाहरु पुनः राजधानी फर्किन थालेसँगै काठमाडौंमा डेरा अभाव चुलिएको हो । यसबाट शहरमा आवसको संकट बढेको छ ।
डेरामा वस्ने र घरधनीहरुको आआफ्नै दाबी र समस्या छ । समस्याकै बीच भए पनि संकटको घडीमा दुबै पक्ष मिलेर वस्नु पर्ने हो । कतिपय घरधनीको घरै ध्वस्त छ, कोठामा वस्नेको सामान पुरिएको छ । राजधानीमा डेराविहीन भएकाहरु चउरमा त्रिपालमुनि रात विताइरहेका छन् । भूकम्पका कारण उनीहरुको आम्दानीको स्रोत बन्द भएको छ । यस्तो अवस्थामा पनि घरधनीले जबरजस्त कोठाभाडा मागेर तनाब दिएकोमा भाडामा वसिरहेकाहरुल दुखेको पोखेका छन् ।
साथै यस्तो अवस्थामा कोठाभाडा बढाउने काम भएका भन्दै दैनिक ज्यालादारी गरेर गुजारा चलाउँनेहरुलाई बढी गाह्रो भएको उनीहरुको धारणा छ ।
भूकम्पले घर भत्काएपछि घरधनी र डेरामा बसेकाहरुको बिचल्ली भएको छ  । उनीहरु दिनदिनभर डेरा खोज्न सहरका गल्लीहरु धाइरहेका छन्, तर डेरापाउँन सकेका छैनन् । डेरापाए पनि कतिपय घरधनीले पहिलाको भन्दा तीन गुणा बढी कोठाभाडा तोकिदिने गरेको गुनासो उनीहरुको छ ।
कतिपय मनकारी घरधनीले भने महाविपत्तिका बेला कोठाभाडामा सहुलियत दिएको पनि पाइएको छ ।
सरकारले डेराभाडा नबढाउँन निर्देशन दिए पनि त्यसको अनुगमन भएको छैन । जसकारण अहिले राजधानी लगायत भूकम्पप्रभावित जिल्लाका शहर बजारमा कोठासमस्या विकराल बनेको छ । भूकम्पत्रास कम भएसँगै दैनिक कामकाज, अध्ययन र रोजगारीका लागि शहरबजारमा आएकाहरुलाई डेरासमस्या निकै जटिल बनेको छ । यो विषम परिस्थितिमा घरधनी र डेरामा वस्ने दुवैले आपसको समस्या बुझेर मिलेर वस्नुपर्ने आवश्यकता छ ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice