bijaystdClass Object ( [error_code] => 12 [error_msg] => REST API is deprecated for versions v2.1 and higher (12) [request_args] => Array ( [0] => stdClass Object ( [key] => method [value] => fql.query ) [1] => stdClass Object ( [key] => format [value] => json ) [2] => stdClass Object ( [key] => query [value] => SELECT url, normalized_url, share_count, like_count, comment_count, total_count, commentsbox_count, comments_fbid, click_count FROM link_stat WHERE url = http://yeskathmandu.com/2015/06/10159 ) ) )

नेपाललाई ओलीको जवाफ : मेराबिरुद्ध भूकम्प ल्याउने रे तर कति रेक्टरको ?

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफुलाई प्रधानमन्त्री हुनबाट रोक्न पार्टी भित्रबाट  गुटबन्दी सुरु भएको बताएका छन् । मदन भण्डारी स्मृति दिवसको कार्यक्रममा बोल्दै ओलीले प्रधानमन्त्रीबाट रोक्न  नेता माधव नेपालले गुटका भेला गरिहेको बताए । ‘प्रधानमन्त्री भए के हुन्छ ? सरकारमा नगएपनि हुन्छ, भन्दै केही साथीहरु हिडन थाल्नु भएको छ’ ओलीले भने ‘सानो चित्त नवनाउनुस समस्या छ भने आउनुस छलफल गरौ, पोलिटब्यूरो केन्द्रीय समिति सवै बोलाउन तयार छु ।’
मदन भण्डारी स्मृति दिवसमा बरिष्ठ नेता झलनाथ खनाल र नेता नेपाललाई पनि बोलाइएको थियो । तर दुवै नेता उपस्थित भएनन् । राष्ट्रिय खेलकुद परिषदको सदस्य सचिव नियुक्तीको बिषयलाई लिएर ओलीले विभागीय मन्त्रीलाई राजीनामा दिन दवाव दिएका थिए । युवा तथा खेलकुद मन्त्रीलाई राजीनामाको दवाव दिएपछि ओलीसँग खनाल र नेपाल क्रृद्ध बनेका छन् ।
आइतवार र सोमवार नेपाल पक्षले गरेका भेलालाई अध्यक्ष ओलीले प्रधानमन्त्रीबाट आफुलाई रोक्ने खेल सुरु भएको बताए । ‘केही मान्छेहरु हस्ताक्षर र भेला गर्दै हिड्न थालेछन्’ ओलीले भने ‘विधीमा समस्या हो भने आउनुस कमिटीमै बसेर छलफल गरौ, किन गुटबन्दी ?’PGA_0453
उनले खेलकुद मन्त्री पौडेललाई विधि भन्दा बाहिरबाट नचल्न आफुले आग्रह गरेको बताए । ‘मैले एक जनामन्त्रीलाई यो–यो काम नगर भनेको थिएँ, उनले त्यही गरे’ ओलीले भने ‘राखेपको सदस्य सचिव गुटले नियुक्ती गरेर हुँदैन ।’ ओलीले यही निहुँमा आफुबिरुद्ध सड्यन्त्र सुरु भएको बताए । पार्टी भित्र र बाहिर आफुबिरुद्ध एकै पटक षड्यन्त्र भएको बताउँदै ओलीले भने ‘मेराबिरुद्ध अहिले भूकम्प ल्याउछु भन्ने चेतावनी आउन थालेको छ, तर मैले भन्ने गरेको छु कति रेक्टरको ?’

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice