bijaystdClass Object ( [error_code] => 12 [error_msg] => REST API is deprecated for versions v2.1 and higher (12) [request_args] => Array ( [0] => stdClass Object ( [key] => method [value] => fql.query ) [1] => stdClass Object ( [key] => format [value] => json ) [2] => stdClass Object ( [key] => query [value] => SELECT url, normalized_url, share_count, like_count, comment_count, total_count, commentsbox_count, comments_fbid, click_count FROM link_stat WHERE url = http://yeskathmandu.com/2015/06/10134 ) ) )

पूजा गदागर्दै समातिएका थिए पूर्व डिएसपी चन्द

काठमाडौं । सञ्चार उद्यमी साहको हत्या योजनामा जगदीश चन्दको संलग्नता देखिएपछि उनको सर्वत्र खोजी हुन थाल्यो । प्रहरीले उनको कठालो समात्न नपाउँदै उनी भागेर भारत पुगे । प्रहरीले ल्याउन कुनै पहल गरेन । बरु बिश्वभरीका प्रहरीहरुको संगठन इन्टरपोलमा रेडकर्नर नोटिस जारी गर्‍यो ।

नोटिस जारी भईरहदाँ समेत उनी बेला बेला नेपाल आउजाउ गरिरहेका थिए । त्यहि आउ जाउको सुचना पाएको प्रहरीले केहि दिन देखी शान्तीनगर गेट भित्र रहेको संगम चोक छेउ नजिकैको घरमा रेकी गरिरहेको थियो । शनिबार साँझ चन्द घर भित्रै रहेको सुचना पाएर प्रहरी भित्र पस्यो ।

ठुलो कुकुर पालिएको थियो । ठुलो ढोका खोल्न परिवारका सदस्यले केहि समय लगाए । प्रहरीले आफूहरु प्रहरी हो भन्दै कुकुर बाँध्न र ढोका खोल्न भन्यो । चन्द भएको स्थानमा पुग्दा उनी पुजा गर्दै थिए । सन्ध्याकालिन पुजा सकेर आरतीको अन्तिम समयमा थिए ।

प्रहरीले चन्दलाई हामी किन आएको थाहा पाइहाल्नु भयो, सहयोग गरेर हिड्नुहोस् भनेका थिए । चन्द उनीहरुसँग आएका थिए । उनलाई लिन गएका प्रहरीका अनुसार चन्दले भाग्ने प्रयास गरेनन् । कान्तिपुर दैनिकमा समाचार छ ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice