सत्ता लम्बाउँन खोजेको आरोप खण्डन गर्न कांग्रेस पनि फास्ट ट्रयाकको पक्षमा

काठमाडौं । एमाले र एमाओवादीले कांग्रेस जबरजस्त सत्ता लम्बाउँने खेलमा लागेको आरोप लगाई रहँदा कांग्रेसले भने फास्ट ट्रयाकबाटै संविधान जारी गर्ने निष्कर्ष निकालेको छ ।
१६ बुँदे सहमतिपछि संविधान निर्माणको कसरत भइरहेका बेला सत्ता साझेदार एमाले र प्रमुख प्रतिपक्षी एमाओवादीका शीर्ष नेताबीच शनिबार दिउँसो भएको बैठकमा कांग्रेसले संविधान निर्माणमा आलटाल गरेको निष्कर्ष निकालिएको हो। र, शनिबार नै कांग्रेसले फास्ट ट्रयाकबाट संविधान जारी गर्ने निर्णय गरेको हो ।

एमाले र एमाओवादीका नेताहरूले यसलाई कांग्रेसको चाल भन्दै सशंकित भएको बताएका छन्। पछिल्लो समयमा नजिकिएका एमाले र एमाओवादीबीच १६ बुँदे सहमतिको मर्मअनुसार छिटो संविधान जारी गर्न पहल गर्ने सहमतिसमेत भएको छ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice