संविधान निर्माणलाई प्राथमिकता दिने कांग्रेसको निष्कर्ष

काठमाडौं । कांग्रेसले अहिले सरकारभन्दा संविधान पहिलो प्राथमिकताको विषय भएको ठहर गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान बसेको पदाधिकारी बैठकले संविधान समयमै बन्नुपर्छ भन्ने राष्ट्रिय साझा सङ्कल्प भएकाले सम्पूर्ण प्रयत्न त्यसैमा केन्द्रित गर्नुपर्ने निष्कर्ष निकालेको हो ।

संविधान निर्माणका लागि सहमतिका साथ जानुपर्ने आवश्यकतालाई औँल्याउँदै कांग्रेसले त्यसका निम्ति आवश्यक परे सहमतिको सरकार गठन गर्नसमेत आफ्नो पार्टी तयार रहेको जनाएको छ ।

बैठकपछि कांग्रेस प्रवक्ता दिलेन्द्रप्रसाद बडूले भने, “संविधान निर्माणका लागि सहमतिका साथ जानुपर्छ, यसका निमित्त आवश्यक पर्छ भने सहमतिको सरकार गठन गर्न हाम्रो पार्टीले पहिलादेखि नै भनेको हो , तर संविधान निर्माण आधारभूत र प्राथमिक कुरा हो ।”

उनले शुक्रबारको चार दलका शीर्ष नेताहरुको बैठक र त्यसअघिको काँग्रेस पदाधिकारीको बैठकले पनि संविधान निर्माणलाई प्राथमिकता दिने निष्कर्ष निकालेको जानकारी दिए।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice