bijaystdClass Object ( [error_code] => 12 [error_msg] => REST API is deprecated for versions v2.1 and higher (12) [request_args] => Array ( [0] => stdClass Object ( [key] => method [value] => fql.query ) [1] => stdClass Object ( [key] => format [value] => json ) [2] => stdClass Object ( [key] => query [value] => SELECT url, normalized_url, share_count, like_count, comment_count, total_count, commentsbox_count, comments_fbid, click_count FROM link_stat WHERE url = http://yeskathmandu.com/2015/05/8157 ) ) )

बढ्यो सरकार निर्माणको सरगर्मी, केका लागि कसको नेतृत्व भन्नेमा किचलो

काठमाडौं । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल शुक्रबार बिहानै राजधानीको एउटा कार्यक्रममा सहभागी भएर सिन्धुली गए । सिन्धुली जानु अघि राष्ट्रिय सहमतिको सरकारबारे बोलेका उनी दिउसो फर्केर सोझै एमाले अध्यक्ष केपी ओली निवास बालकोट पुगे ।
राजधानीको एक होटलमा सहमतिकै सरकारको प्रसंग उठाएर  एमाओवादीकै नेता बाबुराम भट्टराई पनि दाहालसहित ओली निवास पुगेर एक घण्टाको कुराकानी गरे । त्यसपछि  दाहाल, भट्टराई ओलीसहित  साझ प्रधानमन्त्री निवास बालुवाटार गए ।
दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमै काग्रेस पदाधिकारीको बैठक बसेको थियो भने ओली निवासमा एमालेका शिर्ष नेताको । शुक्रबार भएका दल र नेताहरुका यी बैठकका दौडधुपको मुख्य एजेण्डा  छ– ‘राष्ट्रिय सहमतिको सरकार’ । भकुम्पपीडितको राहत र पुनस्र्थापनाको कुरा चलिरहँदा राजनीतिक बृत्तमा भने सहमतिको सरकार निर्माणको सरगर्मी चढेको छ ।

कस्तो सरकार ,कहिले र कसरी बनाउने भन्नेमा विशेष गरी प्रमुख तीन दलबीच आन्तरिक लेखाजोखा चलिरहेको छ । बिषेश गरी एमाले र एमाओवादी सहमतिको सरकार निर्माण अपरिहार्य भन्दै बढी दौडेका छन् । दुबै दल सुशील कोइराला नेतृत्वको सरकारबाट संविधान र पुनर्निर्माणको काम पुरा हुन नसक्ने निष्कर्षमा पुगेका छन् । त्यसैले दुवै दलले कोइरालालाई नया सरकारका लागि मार्गप्रशस्त गर्न दबाब  दिइरहेका छन्  । कान्तिपुर दैनिकमा समाचार छ ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice