प्रचण्डले सोधे, ‘माधवजी के साँच्चिकै केपीलाई प्रधानमन्त्री बनाउने हो ?’

काठमाडौं । ‘माधवजी, तपाई साँच्चिकै केपी ओलीलाई प्रधानमन्त्री बनाउ तयार हुनुहुन्छ ? तयार हो भने प्रस्ताव ल्याउनुस् हामी स्टेप चाल्छौँ’ गत सोमबार एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले वरिष्ठ नेता माधव नेपालसँग राष्ट्रिय सरकार गठनको प्रस्ताव मागेपछि कांग्रेस र एमालेभित्र खैलाबेला मच्चिएको छ ।

एमालेले राष्ट्रिय सरकार गठनका लागि पहल गर्न नेता नेपाललाई खटाएको छ । तर ओलीलाई प्रधानमन्त्री बनाउन नेपालले चाहेका छन या छैनन् त्यसको ग्यारेन्टी एमाओवादीलगायतका दलले मागिरहेका छन् ।

नेपाल भने ओलीलाई प्रधानमन्त्री बनाएर पार्टी अध्यक्षको जिम्मेवारी लिने पक्षमा भएको एमालेका एक युवा नेताले बताए । ओली प्रधानमन्त्री भए कार्यबहाक अध्यक्ष नेपाललाई दिने अनौपचारिक सहमति गरेपनि उनी निकटका अन्य नेताले भने त्यसको बिरोध गरेका छन् ।

विशेष गरी उपाध्यक्षद्वय बामदेव गौतम र बिद्या भण्डारी बिरोधमा छन् । यो प्रस्ताव उनीहरूलाई पटक्कै मन परेको छैन ।

नेपाल र प्रचण्डबीच राष्ट्रिय सरकार गठनका लागि गृहकार्य सुरू भएको थाहा पाएपछि कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री सुशील कोइरालाले नयाँ प्रस्ताव शीर्ष नेतालाई दिने तयारी गरेका छन् ।

‘कम्तिमा तीन महिना ठूलो दलले नेतृत्व गरेको वर्तमान सरकारलाई राष्ट्रिय सरकारको स्वरुप दिउँ, त्यसपछि म राजीनामा गर्छु,’ मंगलबार दिउँसो छुट्टै एमाले नेता नेपाललाई भेटेका प्रधानमन्त्री कोइरालाले नयाँ प्रस्ताव राख्दै भने, ‘जवरजस्ती गर्ने हो भने संसदमा अविश्वास प्रस्तावको सामना गर्छु ।’

कांग्रेसको महाधिबेशनसम्म प्रधानमन्त्रीमा बहाल रहन खोजेका कोइरालाले कुनैपनि हालतमा आफूले प्रधानमन्त्री पद नछोड्ने अडान नेता नेपालसँग राखेका छन् ।

‘सुशीलजी राष्ट्रिय सरकार अरुको नेतृत्वमा बनाउने पक्षमा हुनुहुन्न’, मंगलबारै केही सञ्चारकर्मीसँगको भेटमा नेता नेपालले भने, ‘राष्ट्रिय सरकार गठन गर्ने चाहाना सबैको छ तर अडान आफ्ना आफ्नै छन् ।’

एमाले अध्यक्ष ओलीलाई प्रधानमन्त्री बन्न र एमाओवादीलाई सरकारमा जान जति हतार भएपनि ठूलो दल नेपाली कांग्रेसलेका कारण हतारो कार्यान्वयन हुन सकेको छैन । ठूला दल तयार नभएसम्म राष्ट्रिय सरकार निर्माण हुने संभावन कम भएको नेता नेपालले बताएका छन् ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice