‘पीडित भयौं होला,मगन्ते होइनौं, हामीलाई ज्यानमारा चामल चाहिदैंन’

काठमाडौं । सस्तो लोकप्रियताका लागि अहिले भूकम्पपीडत नागरिकलाई राहत बाँड्ने होडबाजी चलेको छ । तर, राहतको नाममा कतिपयले अखाद्य सामग्री वितरण गरेको पुष्टि भएको छ । खास गरी विश्व खाद्यय कार्यक्रमले वितरणको चामल कुहिएको पाइएको छ । र, पीडित नागरिकले भनिरहेका छन्, हामी पीडित भयौं होला, तर मगन्ते होइनौं । हामीलाई ज्यानमारा चामल चाहिदैन ।
डब्लूएफपीले पनि काभ्रेपलाञ्चोकका भूकम्पपीडितलाई वितरण गरेको सात्विक सरजु ब्रान्डको चामल गुणस्तरहीन रहेको स्वीकार गरेको छ। संयुक्त राष्ट्रसंघको ललितपुरस्थित कार्यालयमा सोमबार आयोजित पत्रकारसम्मेलनमा विश्व खाद्य कार्यक्रमका आपत्कालीन संयोजक रिचर्ड रागनले गुणस्तरहीन चामल वितरण भएको परीक्षणबाट पत्ता लागेपछि फिर्ता लिएर गुणस्तरीय चामल वितरण गरिएको बताए।
काभ्रेमा गुणस्तरहीन चामल वितरण गरिएको बारेमा राखिएको जिज्ञासामा रागनले भने, ुहामी गुणस्तरलाई गम्भीर रूपमा लिन्छौं। वितरण गरिएको चामलका बारेमा प्रतिक्रिया आएपछि हामीले परीक्षण गरायौं।
सरकारी मापदण्डभन्दा कमजोर गुणस्तरको पाइएपछि त्यो चामल फिर्ता गरेर राम्रो गुणस्तरको चामल वितरण गरिएको छ।ु कति गुणस्तरहीन चामल फिर्ता लिइएको हो भन्ने अर्को जिज्ञासामा रागनले भने, एक सयदेखि एक सय २० टन चामल रिप्लेस गरिएको छ।

काभ्रेको महादेवस्थानलगायत विभिन्न स्थानमा वितरण गरिएको चामलका दुईवटा नमुना संकलन गरेर खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले परीक्षण गरेको थियो।
विभागको परीक्षणमा धनगढी ४ बोराडाँडीस्थित ठाकुर एग्रो इन्डस्ट्रिजले उत्पादन गरेको सात्विक सरजु ब्रान्डको चामल मापदण्ड विपरीत भेटिएको थियो।
गत शुक्रबारदेखि पूर्ण रूपमा बन्देज लगाइएको उक्त चामल कालो भएको, गनाएको, ढुसी परेको र चामल पकाएर खाएपछि अमिलो डकार आएको गुनासो उपभोक्ताले पोखेपछि विभागले काभ्रेको महादेवस्थान ८ को कुन्ताबेसीस्थित गोदाममा रहेको ६ हजार एक सय किलो चामल वितरणमा तत्काल रोक लगाएको थियो।
विश्व खाद्य कार्यक्रमले नेपाल रेडक्रससँग मिलेर खाद्यान्न वितरण गर्दै आएको छ। राष्ट्रसंघका अनुसार एक लाख ९० हजार जनतालाई तत्काल खाद्यान्न आवश्यक छ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice