‘ओभर फ्लो’ भए पनि कालीगण्डकीमा सधैं खतरा

अनुसन्धानकर्ताहरूका अनुसार कालीगण्डकी नदी हुँदै दुईवटा ठूला दरार पूर्व९पश्चिम फैलिएका छन्। तीमध्ये कालीगण्डकीको दानाबाट एउटा ठूलो मुख्य दरार तथा कोप्चेपानीबाट अर्को दरार पास हुन्छ।

ुमुनि दरार भएपछि स्वभावैले ती क्षेत्र कमजोर हुन्छन्। भूकम्प आउँदा धेरै हलचल हुन्छ र छिटो पहिरो जान्छु, अधिकारीले भने।कालीगण्डकी उपत्यकाको लेतेसम्मै पहिरोको दृष्टिकोणले बढी जोखिम छ।
कालीगण्डकी उपत्यकाको नारायणघाटदेखि लोमान्थाङसम्मै फरक बनोटका पहाड छन्। एकथरी कमजोर चट्टान र अर्कोथरी माटो भएका पहाड छन्।

अधिकारीका अनुसार लार्जुङदेखि लोमान्थाङसम्मको क्षेत्रमा कमजोर ढुंगोमाटो बढी छ। तल्लो भेगमा भने बढी चट्टान छ। कालीगण्डकी पहिरो स्थलगत अध्ययन गरेर फर्किएका जलवायु तथा मौसम विज्ञान विभागका बाढीविज्ञ विनोद पराजुलीका अनुसार पहिरोमा चट्टानका सानासाना टुक्रा बढी देखिन्छन्। अन्नपूर्ण पोस्टमा समाचार छ ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice