धेरै घर भत्कनुमा सरकार नै दोषी

काठमााडौं । सरकारले विगतमा साना भूकम्प जाँदा जमिन कसरी हल्लियो भन्ने तथ्यांक ग्राउन्ड मोसन सार्वजनिक नगरेकाले घर बनाउनै नहुने ठाउँमा समेत घर बनाउने अनुमति दिइएको खुलेको छ। घर बनाउन नहुने ठाउँमा समेत घर बनेकाले अहिलेको भूकम्पबाट ठूलो क्षति बेहोर्नुपरेको विज्ञहरूले नै बताएका छन्।

सरकारले ग्राउन्ड मोसनसम्बन्धी तथ्यांक थाहा नदिएकाले नै घर बनाउन हुनेरनहुने र कस्तो जमिनमा कस्ता घर वा संरचना बनाउन सकिने भन्नेबारे भूगर्भविद्हरू अनभिज्ञ देखिएका छन्।

भूगर्भशास्त्री एवं त्रिभुवन विश्वविद्यालयका प्रा।डा। मेघराज धितालले ग्राउन्ड मोसन डाटा बिना गरिएको माटो परीक्षणको केही अर्थ नहुने बताए। ुयो डाटा हेरेरमात्र संरचना बनाउन सकिन्छु, त्रिविमा भूगर्भशास्त्र केन्द्रीय विभागका प्रमुखसमेत रहिसकेका धितालले भने।

सरकारले यस्ता तथ्यांक गोप्य राखेकै कारण कुन स्थानमा कस्तो असर पर्छ भन्ने थाहै नपाई घर, सडक र अन्य संरचना बनाउने मुख्य आधारबिनै संरचनाहरू बनिरहेको धितालले बताए। अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice