बर्षामा पहिरोले ८ वटा नदी थुनिने खतरा, नागरिक त्रस्त

काठमाडौं । आगामी मनसुनमा आउन सक्ने बाढीबाट जनधनको क्षति हुन नदिन सरकारले प्रभावित क्षेत्रका नदी प्रणालीमा बाढीको भविष्यवाणी गर्ने प्रणाली अर्ली वार्निङ सिस्टम भरपर्दो बनाउन थालेको छ।
सरकारले यसअघि राखेको बाढीको सूचना दिने यन्त्रहरूको जाँच तथा मर्मत सुरु गरेको छ। वातावरण विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतको जलवायु तथा मौसमविज्ञान विभागले प्राविधिकहरूको समूहलाई विभिन्न नयाँ २५ ठाउँमा यस्ता यन्त्र जडानको काम चाँडो गर्न परिचालन गरेको छ।

कुनै पनि कारणले नदीमा पानीको सतह बढेमा त्यसको सूचना छिटोभन्दा छिटो सम्बन्धित सरकारी निकायमा पठाउने यन्त्रको जडान तथा अद्यावधिकमा प्राथमिकता दिएको मन्त्रालयका सचिव डा। कृष्णचन्द्र पौडेलले बताए।
पूर्वसूचना प्रणालीले बाढीबाट हुने जनधनको क्षति रोक्न सहयोग गर्छ। गत वर्ष कर्णालीमा आएको बाढीको सूचना चार घन्टाअघि नै राजापुरलगायका तल्लो तटीय क्षेत्रका बासिन्दासमक्ष पुगेपछि कुनै क्षति भएन।
भूकम्पबाट बढी असर परेका क्षेत्र भएर बग्ने अधिकांश नदीमा बाढीको पूर्वसूचना दिने आधुनिक स्वचालित प्रणाली जडान गरिएको छ। अन्य नदीमा मेत कर्मचारीले स्थलगत अध्ययनका आधारमा सूचना दिने व्यवस्था गरिएको छ।
विभागको बाढी पूर्वानुमान शाखाले अन्य नदीमा पनि स्वचालित उपकरण जडान प्रक्रिया अघि बढाएको शाखाका विज्ञ विनोद पराजुलीले बताए। भूकम्पले बढी क्षति गरेका क्षेत्र भएर बग्ने ठूला नदी प्रणालीमध्ये भोटेकोसी, तामाकोसी, त्रिशूली र बागमतीमा बाढी भविष्यवाणी गर्नसक्ने यन्त्र जडान गरिएको छ।
यी नदीका विभिन्न स्थानमा भएका स्वचालित यन्त्रले पानीको सतह बढ्नेबित्तिकै सरकारी निकायसमक्ष सूचना पठाउँछन्। भोटेकोसीको बाह्रबिसेमा, तामाकोसीको सिंगटी र च्छो रोल्पामा, बागमतीको खोकना र तल्लो क्षेत्रमा, त्रिशूलीको बेत्रावतीमा यी यन्त्र राखिएका छन्।
मर्स्‍याङ्दी, बूढीगण्डकी र इन्द्रावतीमा भने आधुनिक यन्त्र राखिएको छैन। विभागका अनुसार यी नदीका विभिन्न भागमा भने कर्मचारीले अध्ययन र अनुगमनका आधारमा बाढीको सूचना दिन्छन्। नदीको माथिल्लो भेगमा यस्ता यन्त्र नहुँदा तल्लो भेगबाट मात्रै सूचना प्राप्त हुन्छ।
आधुनिक यन्त्रहरूले भने खोलामा पानीको सतह बढेको एक मिनेटभित्रै सूचना उपलब्ध गराउँछन्। सूचनाका आधारमा ठाउँअनुसार केही घन्टा पहिले नै तल्लो क्षेत्रका बासिन्दालाई बाढीको खतराबाट सचेत गराउन सकिन्छ । तिवारीले भने।
विभागले राखेका यन्त्रहरूमध्ये आधा स्याडर छन्। यस्ता यन्त्र पुलमा तथा अग्लो चट्टानमा राखिएको हुन्छ। पानीको सतह बढ्नेबित्तिकै यसले विभागको वेबसाइट तथा आधिकारिक व्यक्तिहरूको मोबाइलमा साइरन बजाउँछ।
यसैका आधारमा जिल्ला प्रशासन कार्यालय, गृह मन्त्रालय तथा अन्य विभिन्न निकायसमक्ष बाढीको पूर्वसूचना दिइन्छ जसले उद्धार तथा क्षति न्यूनीकरणमा सहयोग पुग्छ। कतिपय यन्त्रहरूभ्भने खोलाको पानीमै डुबाएर राखिन्छ।
विज्ञहरूका अनुसार यी यन्त्रले भने पानीको सतह बढेर पानीले छोएपछि संकेत प्रदान गर्छन्। हाल देशभरका विभिन्न २८ वटा बाढीको पूर्वसूचना दिने प्रणालीमध्ये १८ वटा मात्रै सञ्चालनमा छन्। कतिपय ठूला एउटै नदीका धेरै ठाउँमा यो प्रणाली जडान गरिएको छ।
बाँकी नौवटा पनि चाँडै चलाउने तयारी भइरहेको बाढी भविष्यवाणी महाशाखाका पराजुलीले दिए। कोसी, कर्णाली, महाकालीलगायतका ठूला नदीमा यस्ता यन्त्रहरू छन्।
यसैबीच भूकम्पले थिलथिलो बनाएको पहाडबाट नदीमा बाढी आउन सक्ने सम्भावनालाई ध्यानमा राख्दै विभागले चौबीसै घन्टा बाढी भविष्यवाणी गर्ने भएको छ। बाढीको खतरा बढेकोले भविष्यवाणीलाई अत्यावश्यक सेवाअन्तर्गत समावेश गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा पठाइएको छ।
विभागका महानिर्देशक ऋषिराम शर्माले भने, हामी चौबीसै घन्टा बाढी र खोलामा पानीको सतह अनुगमन गर्छौं र नयाँ सूचना पाउनासाथ प्रशासन तथा सुरक्षाकर्मीलाई खबर गर्छौं।
विभागले मनसुनअघि नै बाढी तथा पानीको सतहसम्बन्धी जानकारी सर्वसाधारणलाई दिन टोल फ्री १११५ नम्बर प्रयोगमा ल्याउने भएको छ।

मन्त्रालयका सचिव डा। कृष्णचन्द्र पौडेलका अनुसार चाँडै टोल फ्री नम्बरमार्फत देशका कुनै पनि क्षेत्रका नागरिकले आफू नजिकको जल तथा मौसमी अवस्था थाहा पाउन सक्नेछन्।
च्छो रोल्पामा यन्त्र, इम्जामा राखिँदै
काठमाडौं स् भ्भूकम्पपछि फुट्ने आशंका गरिएको च्छो रोल्पा हिमतालमा पानीको सतह बढेको जानकारी दिने यन्त्र जडान गरिएको छ। जलवायु तथा मौसमविज्ञान विभागको प्राविधिक टोलीले स्थलगत अध्ययन गरी दुई दिनअघि हिमतालको बगरमा सो यन्त्र राखेर फर्किएको छ।
च्छो रोल्पा पुगेर फर्किएका विज्ञ विनोद पराजुलीका अनुसार आधा मिटर पानी बढ्नेबित्तिकै विभागको वेबसाइट तथा मोबाइलमा साइरन बज्छ। प्राविधिक टोलीले हिमताल तत्कालका लागि सुरक्षित रहेको पनि जनाएको छ। पराजुलीले भने, ताल वरिपरिबाट ढुंगा तथा साना पहिरो खसेको छ तर हेर्दा सुरक्षित देखिन्छ।

यस्तै भूकम्पपछि खतरामा रहेको सगरमाथाको इम्जा हिमतालमा पनि पानीको सतह बढ्दा सूचना दिने यन्त्र राख्ने तयारी भइरहेको छ। विभागले स्थलगत अध्ययन गरी चाँडै यन्त्र जडान गर्ने जानकारी दिएको छ।

भूकम्पपछि यी दुवै हिमताल विस्फोट हुने अवस्थामा रहेको चर्चा चलेको थियो। हिमतालसम्बन्धी अध्ययन गर्ने विभिन्न निकायले यी दुवै हिमताल विस्फोटको उच्च सम्भावना भएको तालको सूचीमा राखेका छन्। अन्नपुर्ण पोस्टमा समाचार छ ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice