भूकम्प पीडितलाई तत्काल १५ हजार दिने सरकारको निर्णय

काठमाडौं । विनाशकारी भूकम्पबाट घरबास गुमाएका परिवारलाई सरकारले तत्काल १५ हजार रकम उपलब्ध गराउने भएको छ । शनिवार बसेको मन्त्रीपरिषदको बैठकले अस्थायी बसोवासका लागि घरबास गुमाएका परिवारलाई १५ हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको सरकारका प्रबक्ता सुचना तथा सञ्चारमन्त्री मिनेन्द्र रिजालले बताए ।
त्यसैगरी बैठकले भूकम्प प्रभावित क्षेत्रमा टोली नै निर्माण गरी मन्त्रीहरु पुग्ने  निर्णय गरेको छ । प्रभावित क्षेत्रको अध्ययन र राहतको अनुगमण गर्न मन्त्री पुग्ने निर्णय मन्त्रीपरिषदको बैठकले गरेको हो । कतिपय गाउँबस्तीहरु अब बसोबास गर्न योग्य छैनन् । ति बस्तीको अध्ययन गरी अन्य स्थानमा स्थानान्तरण गर्ने बिषयमा पनि मन्त्रीहरुले प्रतिवेदन तयार पार्नेछन् ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice