शक्तिशाली भूकम्पपछि यसरी गए भीमकाय पहिरो(तस्विरसहित)

काठमाडौं । मंगलवार गएको शक्तिशाली भूकम्पले अरनीको राजमार्गमा १० भीमकाय पहिरो गएका छन् । बैशाख १२ मा गएको पहिलो विनाशकारी भूकम्पका कारण ४ सय स्थानमा पहिरो गएका थिए । मंगलबारको पहिरोले सिन्धुपाल्चोक, दोलखा र रसुवामा मात्र दर्जनौ भीमकाय पहिरो गएका छन् । पहिरोका कारण सयौ मानिसहरु फसेका छन् ।
चिनिया भूःगर्भ विभागले दिएको जानकारी अनुसार सिन्धुपाल्चोक, दोलखा र रामेछापमा १८ ठुलो पहिरो गएको छ । पहिरोका कारण काठमाडौंलाई चीनसँग जोड्ने राजमार्ग पूर्णरुपमा अवरुद्ध बनेको छ । यसक्षेत्रमा यात्रा गरिरहेका केही यात्रृहरु सवारी साधनसहित फसिरहेका छन् ।
पहिरोमा परी फसिरहेकाहरुलाई उद्धार गर्न यी क्षेत्रमा ८ हेलिकप्टर परिचालित गरिएका छन् । कतिपय स्थानबाट मानिसहरु निकालिएको छ भने कतिपय स्थानबाट निकाल्न प्रयास जारी रहेको छ । oooCEymvk4VIAAZOpa.jpg largechautara

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice