bijaystdClass Object ( [error_code] => 12 [error_msg] => REST API is deprecated for versions v2.1 and higher (12) [request_args] => Array ( [0] => stdClass Object ( [key] => method [value] => fql.query ) [1] => stdClass Object ( [key] => format [value] => json ) [2] => stdClass Object ( [key] => query [value] => SELECT url, normalized_url, share_count, like_count, comment_count, total_count, commentsbox_count, comments_fbid, click_count FROM link_stat WHERE url = http://yeskathmandu.com/2015/05/7412 ) ) )

भूकम्प पीडितलाई बाइवल दिदै भने ‘यो हो स्वर्ग जाने बाटो’

रामेछाप । भूकम्पबाट घरवास गुमाएका पीडित परिवारको स्वास्थ्य चेकजाँच गर्न पुगेको एक गैरसरकारी संस्था (एनजिओ) ले रामेछापमा बाइबल वितरण गरेपछि तनाव शिर्जना भएको छ । भूकम्पबाट महापीडित बनेका परिवारको स्वास्थ्य चेकजाँच गर्न रामेछाप सदरमुकाम मन्थली पुगेको गुड पिपुल नामक संस्थाले ‘स्वर्ग जाने बाटो खुल्ला छ’ नामको पर्चा बाँडेको छ । क्रिश्चियन धर्मको पर्चा बाँडेपछि पीडितहरु आक्रोसित बनेका छन् । पीडितको संवेदनामा क्रिश्चिन धर्म प्रचारकले खेल्न खोजेपछि तनाव उत्पन्न भएको स्थानीय शिक्षक कमल सुनुवारले बताए ।
२६ बैशाखदेखि भूकम्प पीडितका नाममा सञ्चालन गरिएको स्वास्थ्य शिविरमा औषधी होइन क्रिश्चियन धर्म सम्बन्धी पर्चा र बाइवल वितरण गरिएको छ । ‘चेकजाँचका नाममा भिटामिन ‘वी’को क्यासुल, वाइवल र क्रिश्चियन धर्म प्रचारका सामग्री वितरण गरिएको छ’ शिक्षक सुनारले भने ‘घण्टौ लाइन बस्यो उपचारका नाममा धर्मको प्रचार भएपछि विरोध भएको हो ।’
क्रिश्चियन धर्म प्रचारकहरुले रामेछापका गाउँमा अर्काे भ्रम पनि फैलाएका छन् । क्रिश्चिय धर्म माने ठुलो मात्रामा राहत दिन घोषणा समेत गरेका छन् । सैपु, दुरागाउँ, भूजीलगायतका दुर्गम गाउमा बस्ने दलितहरुमाथी यस्तो भ्रम शिर्जना गरिएको नागरिक अगुवा ज्ञानबहादुर गुरुङले बताए ।Ramechap (तस्विरः अनलाईनखवरबाट)

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice