रोकिएन राहतका नाममा ‘बाइबल’को प्रचार, कारवाही गर्ने सरकारको चेतावनी

काठमाडौं । विनाशकारी भूकम्पले तवाही मच्चाएपछि घरवासविहीन भएका लाखौ पीडितलाई राहतका नाममा क्रिश्चियन धर्मको प्रचार गरिएका तथ्यहरु एकपछि अर्काे गर्दै वाहिर आउन थालेका छन् ।
राजधानीको पाटन अस्पतालदेखि सिन्धुपाल्चोक र नुवाकोटसम्म भूकम्प पीडितलाई राहतका साथै धर्मको प्रचार गरिएको तथ्य फेला परेको छ । भूकम्पबाट घाइते भएर पाटन अस्पतालमा उपचार गराईरहेका ब्यक्तिलाई पहिले वाइवल बाँडिएको थियो । त्यसपछि उनीहरुको अभियान सिन्धुपाल्चोको स्याउले–५ बत्लाङ पुगेको थियो । भूकम्पबाट घरबास गुमाएर खुल्ला आकाशमा आएका पीडितहरुलाई राहत सामग्रीका साथै बाइबल वितरण गरिएको थियो ।
त्यसपछि उनीहरुको अभियान बढि प्रभावित जिल्ला नुवाकोटमा भएको छ । नुवाकोटको पहाडी क्षेत्रमा उनीहरुले बाइबलसँगै राहत वाँडेको साँघु साप्ताहिकले उल्लेख गरेको छ । भूकम्पबाट पीडित बनेका ब्यक्ति भन्दा पनि बाइबल पढन मान्ने र क्रिश्चियन धर्ममा आस्था राख्ने समुदायलाई राहत वितरण गरिएको छ ।
भूकम्पबाट बढि प्रभावित भएका जिल्ला र आर्थिक सामाजिकरुपमा पछाडी परेका ठाउँका पीडितहरुलाई उनीहरुले धर्म प्रचारको केन्द्रविन्दु बनाएका छन् । ती ठाउँमा राहतसँगै बाइवल वितरण गर्ने र प्रभू येशूले सवै दुख हरण गरिदिने भ्रम समेत दिने गरेको साँघुले उल्लेख गरेको छ ।
भूकम्प पीडितलाई राहतका साथै धर्मको प्रचार गर्न केही पत्रकारहरु समेत लागेका छन् । विदेशबाट संचालित अनलाईनहरुमा कार्यरत पत्रकारहरु क्रिश्चियन धर्मको प्रचारमा लागेको तथ्य पनि खुलेको छ ।  पीडितहरुलाई राहतका नाममा धर्मको प्रचार गरिएपनि सरकार भने मौन बसेको छ । राहतका नाममा धर्मको प्रचार गर्ने ब्यक्ति र संस्थालाई कारवाही गर्ने चेतावनी गृहमन्त्री बामदेव गौतमले दिएपनि कारवाहीको प्रक्रिया अगाडी बढाइएको छैन ।

2 Comments
  1. मैले अहिले सम्म हाम्रो देशमा हिन्दु, मुसलमान, बुद्ध लगायतका अन्य धर्मावलम्वीहरुले अरु धर्ममा आस्था राख्ने मान्छेहरुलाई धर्म परिवर्तन गराएको थाहा पाएको छैन । किन क्रिष्चियनहरुले मात्र अरु धर्ममा आस्था राख्नेहरुलाई धर्म परिवर्तन गराउने प्रयास गर्दछन ? के स्वार्थ छ उनीहरुको । यो कुरा हामीहरुले समयमानै बुझ्नु पर्दछ नत्र पछि झन भयावह स्थिति आउन सक्दछ ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice