ताइवानी राहत अस्वीकार

काठमाडौं । नेपालले एक चीन नीति लिइरहेको भए पनि उपराष्ट्रपति परमानन्द झाले भारतका लागि ताइवानका राजदूत इकोनोमिक एन्ड कल्चरल रिप्रजेन्टेटिभलाई भेट दिएका छन्।
भेटमा ताइवानका नयाँदिल्लीस्थित राजदूत चुङ क्वाङ तियनले ताइवानले नेपालका भूकम्पपीडितलाई विमानबाट राहतसामग्री पठाउन चाहेको तर नेपाल सरकारले अनुमति नदिएको भन्दै आवश्यक पहल पहल गरिदिन उपराष्ट्रपतिलाई आग्रह गरेको स्रोतले बतायो।
नेपालले ताइवानलाई अलग देशको मान्यता दिएको छैन। नेपालले ताइवानलाई चीनकै एक अभिन्न अंग मान्छ। चीनले पनि ताइवानलाई एक मुलुक दुई व्यवस्था प्रणालीअन्तर्गत आफ्नो अभिन्न अंग मान्दै आएको छ। ताइवानले भने आफूलाई स्वतन्त्र राष्ट्रका रूपमा दाबी गर्दै आएको छ।
भूकम्प गएको भोलीपल्टै ताइवानी राजदुत नेपाल आएको अन्नपूर्ण पोष्टमा समाचार छ । उनी अहिले पनि काठमाडौंमै बसेर राहत सामग्री ल्याउने वातावरण बनाउन नेताहरूसँग भेट्न व्यस्त छन्।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice