भारतबाट भूकम्प पीडितलाई पठाइएको म्याङ्गो ड्रिंकमा हैजाको किटाणु

काठमाडौ । भूकम्प पीडितका लागि भारतबाट पठाइएको जुसमा किटाणु भेटिएको छ । लुपाज ब्रान्डको म्याङ्गो ड्रिंकमा किटाणु भेटिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले विभागले पुष्टि गरेको छ।
भारतबाट ल्याइएको वाराणसीमा उत्पादित लुपाज ब्रान्डको सेन्थेटिक म्याङ्गो ड्रिंकको प्याकेट नै विग्रेको देखेपछि वितरण अघि परिक्षण गरिएको थियो । भूकम्प पीडितका लागि पठाइएको म्याङ्गो ड्रिंकमा महामारी फैलाउने किटाणु भेटिएको छ । ‘शंका लागेपछि हामीले भूकम्प पीडितलाई वितरण गर्नु भन्दा पहिले परिक्षण ग¥यौ’ विभागका महानिर्देशक संजीवकुमार कर्णले भने ‘परिक्षणपछि महामारी फैलाउने किटाणु भेटियो ।’ थप अनुसन्धानका लागि म्याङ्गो ड्रिंक थप परिक्षणमा पठाइएको छ । भारतबाट किटानु भएको ३३ कार्टुन म्याङ्गो ड्रिंक नेपाल आएको थियो ।
त्यसैगरी विभागका अनुसार भारतको मुजफ्फपुरमा उत्पादित राहतका लागि ल्याइएको १ हजार प्याकेट वैशाली ब्रान्डको पाउरोटीको उपभोग्य मिति सकिएको छ ।  मानवीय स्वास्थ्यमा असर पार्ने पाउरोटी डम्फीङ गर्ने खाल्को छ । तर भारतले भूकम्प पीडितलाई राहत भन्दै उक्त पाउरोटी नेपाल पठाएको थियो । भूकम्पपीडितका लागि ल्याइएका खाद्यान्नका अन्य समाग्रीमा पनि  ढुसी फेला परेको छ।
राहत संकलन हुने प्रमुख ठाउँहरू विमानस्थल, खाद्य संस्थान, साल्ट्र ट्रेडिङ लगायत स्थानमा अनुगमनका क्रममा यस्तो फेला परेको हो। अनुगमनका क्रममा केही चाउचाउमा म्याद नाघेको र पाउरोटीको उपभोग्य म्याद सकेको फेला पर्‍यो। परौटामा ढुसी परेको भेटियो,’ विभागका प्रवक्ता पूर्णचन्द्र वस्तीले बताए ।
यसका साथै भारतबाट ल्याइएका लत्ता कपडा पनि पुराना र च्यातिका भेटिएका छन् । भारतको सिक्किमबाट ल्याइएका लत्ता कपडा पुराना र च्यातिएका थिए ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice