अमेरिकाबाट फर्केर भूकम्पपीडितको सहयोगमा

सिन्धुपाल्चोक । अमेरिकाबाट फर्केर मेरी वास्सैका सीताराम कट्टेल धुमूृश र कुञ्जना घिमिरे सुन्तली भूकम्पपीडितको सहयोगमा तल्लीन छन् । उनीहरुले देशका विभिन्न भुभागमा पुगेर पीडित नागरिकको उजाड अनुहारमा थोरै भए पनि मुस्कान ल्याउँन प्रयास गरेका छन् ।
जीवन विज्ञान नाम एक समाजिक संस्था, मेरी वास्सै र भद्रगोल हास्य टेलिश्रृङ्खलाका साथै सगुन डटकम सामाजिक सञ्जालको संयुक्त प्रयासमा उनीहरुले राहत संकलन गरी वितरण गरिरहेका छन् । उनीहरुको सामाजिक अभियान अन्तर्गत मंगलबार सिन्धुपाल्चोकको विन्जेल र काभ्रेको कोशीपारीमा पगेर पीडित नागरिकलाई सहयोग गरेका छन् । यसरी नेपाली नागरिक पीडामा हुँदा आफूले सकेको सहयोग गर्न पाएकोमा गर्व लागेको वताएका छन् । ‘हाम्रो सामाजिककर्म अझै निरन्तर छ ।’ जीवन विज्ञानका प्रमुख रमेश नेपालले वताए ।
राहत पाएपछि त्यहाँका नागरिक खुसी भएका छन् ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice