bijaystdClass Object ( [error_code] => 4 [error_msg] => Application request limit reached (4) [request_args] => Array ( [0] => stdClass Object ( [key] => method [value] => fql.query ) [1] => stdClass Object ( [key] => format [value] => json ) [2] => stdClass Object ( [key] => query [value] => SELECT url, normalized_url, share_count, like_count, comment_count, total_count, commentsbox_count, comments_fbid, click_count FROM link_stat WHERE url = http://yeskathmandu.com/2015/04/7031 ) ) )

यी कलिला मुनालाई फुल्न दिएन पापी भूकम्पले

पार्वती थापा
‘म जसको भविश्य खोज्दै बिदेशी भूमीमा दिनरात पसिना बगाउँदै छु, उसैलाई मैले कहिले नभेटने लग्यौ, रुन खोज्छु आँखामा आँसु छैन, यही फोटो मात्र छ मेरो साथमा ।’ विनाशकारी महाभूकम्पबाट डेढ बर्षीया छोरीलाई गुमाएको पिडा शनिवार साँझ मलेसियाबाट दिनेश थापाले आफ्नो फेसबुक पेजमा मर्म पोखे, ‘हे दैव, न घर आउन सक्छु न छोरीको सम्झना झुल्न सक्छु ।’
शनिवार विहान ११.५६ मा गएको भूकम्पमा डेढ बर्षीया छोरी गुमाएपछि उनले यस्तो बेदना सहित छोरीको तस्विर सार्वजनिक गरे । चार महिनाअघि तीन जना परिवारको मिठो भविश्य खोज्दै थापा मलेसिया पुगेका थिए । बत्लाड ५ स्याँउले सिन्धुपाल्चोकको त्यो परिवारले बस्ने बास मात्र गुमाएको छैन, प्रिय छोरीको मृत्यूले मर्माहित पनि बनाएको छ । खाना आएर छोरीलाई भर्खर सुताएको केही समयमै भूकम्प आएको थियो । सोही भूकम्पले घर भत्केपछि नावालक छोरीको निधन भएको हो ।
यतिबेला भूकम्पले निम्त्याएको महाविपत्मा नेपाली सेना र प्रहरीको १ लाख बढि टोली ३० जिल्लामा खट्टिएको छ । सशस्त्र प्रहरीको लामासाडमा खटिएका रवि थापा भने पिडामा छटपटाई रहेका छन् । उनले पनि शनिवारको भूकम्पमा आफ्नी नावालक छोरी गुमाएका छन् । सिन्धुपाल्चोक स्याउले ५ बत्लाड घर भएका रविकी भर्खर बोली फुटाउँदै गरेकी छोरी गुमाएपछि पिडामा छन् । भूकम्पमा परि घर भत्केपछि सुतिरहेका ती नावालक छोरीको मृत्यू भएको हो । छोरीलाई बचाउने क्रममा आमा पनि घाइते भएकी छिन् भने बाजे ससुराको पनि निधन भएको छ ।
भूकम्पबाट सवैभन्दा बढि जनधनको क्षति सिन्धुपाल्चोकमा भएको छ । घटना भएको करिव १०० घण्टा वितिसक्दा पनि कतिपय ठाउँमा अझै उद्धार टोली पुग्न सकेको छैन । गाउँ नै ध्वस्त भइसक्दा पनि उनीहरुको उद्धार कार्य अझै हुन सकेको छैन । सिन्धुपाल्चोकमा मात्र ३ हजार भन्दा बढिको ज्यान गएको अनुमान प्रमुख जिल्ला अधिकारीले गरेका छन् ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice