bijaystdClass Object ( [error_code] => 12 [error_msg] => REST API is deprecated for versions v2.1 and higher (12) [request_args] => Array ( [0] => stdClass Object ( [key] => method [value] => fql.query ) [1] => stdClass Object ( [key] => format [value] => json ) [2] => stdClass Object ( [key] => query [value] => SELECT url, normalized_url, share_count, like_count, comment_count, total_count, commentsbox_count, comments_fbid, click_count FROM link_stat WHERE url = http://yeskathmandu.com/2015/04/6890 ) ) )

लोकमानज्यू कहाँ छ त्यो ‘जनकपुरिया’ र ‘धरानियाँ’को उजुरी

डलरको अवैद्य कारोबारबाट व्यापारी र ग्राहक लाभान्वित हुन्छन् । तर, राष्ट्रिय अर्थतन्त्र चुर्लुम्म डुब्छ । योभन्दा पनि गम्भीर हो, अवैध हुण्डीको कारोबार । पैसा कहाँबाट आयो ? कसरी गयो ? सेतो वा कालो, कस्तो पैसा ? यस्ता कुराको अभिलेख हुँदैन ।
कुरा यति गम्भीर छ । तर, अख्तियारबाट यसम्बन्धी एउटा उजुरी कहाँ गायव भयो, पत्तो छैन । कारोबार गर्ने व्यक्ति मारबाडी हुन् । नामको पछाडि ‘जनकपुरिया’ र ‘धरानियाँ’ लेख्ने, तर जीवनमा न जनकपुर देखेको, न धरान नै टकेको । उजुर परेका व्यक्ति हुन्, नवीन अग्रवाल ‘जनकपुरिया’ । रणमुक्तेश्वर बिजिनेशन कम्प्लेक्स (आरबी), खिचापोखरीमा छ यिनको व्यापार–बट्टा । उनी कम्प्युटर, पेनड्राइभ, ल्यापटपका ठूला कारोबारी हुन् । कतिपयले ‘कस्मेटिक किङ’ पनि भन्ने गरेका छन् । नेपालका सबभन्दा ठूला कम्प्युटर कारोबारीमध्येमा पर्छन् । पसल आरबी कम्प्लेक्सको बीएफ २३२ मा छ । कतिसम्म भने, भारत, राजस्थानका बासिन्दा उनीसँग धनुषा जिल्लाबाटै जारी भएको नेपाली नागरिकताको प्रमाणपत्र छ । पसलमा दुई–चारवटा ल्यापटप र केही कस्मेटिकका सामान देखिन्छ । दिनहुँ करोड घटीको कारोबार हुँदैन । सटरको भाडा ५० हजार भन्दा बढी तिर्छन् । तर, देखिने सामान कत्ति पनि छैन । घर छ, डिल्लीबजारमा । बाबुको नाम शिवकुमार अग्रवाल हो । उनीसँग अझै पनि भारतकै राशनकार्ड छ । भाइ हुन्, तरुण अग्रवाल ‘जनकपुरिया’ । उनले चलाउने फर्मको नाम पनि ‘तरुण’ नै हो । पत्रकारले जनकपुरमा कसलाई चिन्छौ ? भनेर सोध्यो भने कान्तिपुरका मालिक कैलाश सिरोहियाको नाम लिन्छन् । जनकपुरमा तिम्रो कति नम्बर वडा ? कुन टोलमा घर छ ? भनेर सोध्यो भने जवाफ छैन । ‘उही कैलाशबाबुको घर नजदिक तो हो’, यस्तो उत्तर दिन्छन् । यस्ता शंकास्पद व्यापारीविरुद्धको उजुरी, दर्ता नम्बरसहित कसरी एकाएक गायव भयो, अख्तियारका कर्मचारी छक्क परेका छन् ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice