मलेसियामा २ नेपाली पक्राउ

दाङ, । मलेसियामा २ जना नेपाली पक्राउ परेका छन् । मलेशीयाको क्यामरुणहाइलेनमा एक कम्पनीमा कार्यरत बाग्लुङ्गका सविन केसी र धादिङका शिखर गुरुङ पक्राउ परेको संगै काम गर्दै आएका दाङको तुलसीपुर १० गहते निबासी विनोद देवकाटोले टेलीफोनबाट जानकारी दिए ।
४ बर्ष अघिदेखी मेलेशीयामा काम गर्दै आएका दुबै जनलाई त्यहाँको प्रहरीले एक हप्ता अघि पक्राउ गरेको देवकाटोले बताए । ‘उनिहरु एक्कासी गाडिमा आए दुवैजनालाई लिएर गए के कारणले पक्राउ गरिएको हो, त्यो पनि थाहा छैन’, उनले भने । अहिले सम्म दुवै जना साथीलाई नछोडेकाले पनि अन्य साथीहरु त्रसीत भएको देवकोटाले बताए ।
साथीहरुको पुरै ठेगाना थाहा नभएको र जिल्ला मात्र थाहा भएकाले आफन्तहरुलाई खबर गर्न नसकेको उनले बताए ।
मलेसीयाका लागि नेपालका राजदुत सम्म पहुँच नभएको र कसलाई भन्ने त्यो पनि थाहा नभएको देवकोटाको भनाई छ ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice