श्रीलंकामाथी नेपाली महिला टोलीको ८ गोल

काठमाडौं । एएफसी यु १४ गर्ल्स रिजनल च्याम्पियन्सिपमा बुधबार नेपाली किशोरीहरुले श्रीलंकन टोलीलाई  ८–० गोलअन्तरले पराजित गरेका छन् ।
दशरथ रंगाशालामा भएको खेलमा नेपाललाई फराकिलो जित दिलाउने क्रममा रेखा पौडेल, सरु लिम्बू र मनिषा राउते व्यक्तिगत २, २ गोल गरे । यो जितसँगै नेपाली चेलीको टिम समूह विजेता बन्दै प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
निर्धारित ७० मिनेटको खेलको पहिलो र दोस्रो हाफमा नेपालले ४, ४ गोल गर्यो । नेपालका लागि, निशा थोकर र रञ्जु खड्काले व्यक्तिगत १र१ गोल गर्न सफल भए । मंगलबार भएको खेलमा नेपाली किशोरीहरुले माल्दिभ्सलाई १०–० को फराकिलो गोलअन्तरले पराजित गरेका थिए । नेपालले पहिलो खेलमा इरानलार्इ ३–० गोलअन्तरले पराजित गरेको थियो । नेपाल रहेको समूहबाट इरान पनि समूह उपविजेता बन्दै सेमिफाइनलमा पुगेको छ । नेपालले अब शुक्रबार हुने सेमिफाइनल खेलमा भारतसँग प्रतिस्पर्धा गर्नेछ ।

One thought on “श्रीलंकामाथी नेपाली महिला टोलीको ८ गोल

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice