मिस नेपालको ताज इभाना मानन्धरलाई

फर्स्ट रनर अपको उपाधि दिव्यता वैद्यले जितिन् भने सेकेन्ड रनर अपको उपाधि मेधा कोइरालाको पोल्टामा पर्‍यो ।
काठमाडौं, । मिस नेपाल २०१५ को ताज इभाना मानन्धरले पहिरिएकी छन् । राजधानीमा  शनिबार भएको अन्तिम प्रतिस्पर्धामा १८ प्रतिस्पर्धीलाई उछिन्दै इभानाले मिस नेपाल २०१५ को ताज पहिरिएकी छन् । मिस नेपाल २०१५ विजेता उनले मिस वर्ल्ड २०१५ मा नेपालको प्रतिनिधित्व गर्नेछिन् ।
मिस नेपाल २०१५ उपाधि विजेता इभानालाई मिस नेपाल २०१४ सुविन लिम्बूले क्राउन लगाइदिएकी थिइन ।
फर्स्ट रनर अपको उपाधि दिव्यता वैद्यले जितिन् भने सेकेन्ड रनर अपको उपाधि मेधा कोइरालाको पोल्टामा पर्‍यो ।
मिस नेपाल २०१५ को अन्तिम प्रतिस्पर्धामा १९ जना छानिएका थिए ।ms1
को हुन् इभाना ?
मिस नेपाल २०१५ मा सहभागिता जनाउन अमेरिकाबाट काठमाडौं आएकी प्रतिस्पर्धी हुन् इभाना । अध्ययनका लागि ६ वर्षअघि अमेरिका पुगेकी भोटेबहाल, काठमाडौंकी स्थायी बासिन्दा इभाना मानन्धर ५ फिट ४ इन्च अग्ली छिन् । इभानाले अमेरिकामै मार्केटिङमा स्नातक गरेकी छिन् । गायन, नृत्य तथा भ्रमणमा रुचि राख्ने २३ वर्षीया इभानाले भविष्यमा कुशल इन्टरप्रेनर बन्ने लक्ष्य लिएकी छिन् । इभाना पहिलो पटक कुनै पनि सौन्दर्य प्रतियोगितामा सहभागी भएकी हुन् ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice