स्वाइन फ्लुबाट जाजरकोटमा २३ को मृत्यु, आजै २७ दिनकी बालिकाको ज्यान गयो

तीन सातादेखि जाजरकोटमा फैलिएको महामारीबाट ज्यान गुमाउनेको संख्या दैनिक बढ्दै जान थालेको छ । शनिवार मात्र २७ दिनकी एक बालिकासहित २ जनाले ज्यान गुमाएका छन् । यो संगै जाजरकोटमा मृत्यू हुनेको संख्या २३ पुगेको छ ।
स्वाइन फ्लुबाट शनिवार नायकबाडा– ८ का ६१ वर्षिय वीरबहादुर कामीको शनिबार बिहान ज्यान गएको छ। यस्तै पजारुमा शुक्रबार साँझ २७ दिनकी बालिका अमृता अधिकारीको पनि मृत्यु भएको जिल्ला जनस्वास्थय कार्यालय जाजरकोटले जनाएको छ ।
सरकारले महामारी नियन्त्रणमा आएको दावी गरेपनि जाजरकोटमा मृत्यू हुनेको संख्या बढ्न थालेको छ । विरामीलाई उपचार गर्ने स्वास्थ्यकर्मी र औषधी अभावले दैनिक जाजरकोट बासीले ज्यान गुमाउन थालेका छन् । भएको औषधी पनि जिल्ला सदरमुकाम खलंगामा मात्र छ । गाउका स्वास्थ चौकीहरु स्वास्थ्यकर्मी र औषधीविहीन भएको छ ।
दैनिक जाजरकोटबासीले औषधी उपचारको अभावमा ज्यान गुमाउन थालेपछि नेपाली सेनाको एक टोली जाजरकोट पुगेको छ । मध्यपश्चिम पृतना सुर्खेतबाट पृतनापतिसहित डाक्टरको टोली प्रभावित क्षेत्रमा पुगेको छ ।

2 Comments

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice