राजकीय सम्मानका साथ विदाई भए पूर्वप्रधानमन्त्री थापा

काठमाडौं । तीन दिनअघि भारतको मेदान्त अस्पतालमा मृत्यू भएका पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाको राजकीय सम्मानका साथ आज अन्त्यष्टी गरिएको छ । पशुपति आर्यघाटमा उनको अन्तिम विदाइ गरिएको छ । थापाको पार्थिव शरीरमा छोरा सुनिलबहादुर थापाले दागबत्ती दिएका छन् ।
बिहान राष्टिय प्रजातन्त्र पार्टीको कार्यालय र दिउसो दशरथ रंगशालामा श्रद्धान्जलीका लागि उनको पार्थिक शरिर राखिएको थियो । त्यसपछि थापाको अन्त्यष्टीका लागि पशुपति आर्यघाट लगिएको थियो । आर्यघाटमा थापाको दाहसंस्कारका क्रममा नेपाली सेनाको एक टुकडीले सलामी दिएको थियो । राप्रपाका अध्यक्ष पशुपति समशेर जबराले पार्टीको झण्डा ओढाएर थापाको अन्तिम विदाइ गरेका थिए ।
आर्यघाटमा ससभाध्यक्ष सुबास नेम्बाङ र उपप्रधानमन्त्री बामदेब गौतमसहितका उच्च पदस्थ सरकारी अधिकारीहरु उपस्थित थिए ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice