थापाको राजकीय सम्मानका साथ भोली अन्त्यष्टी गरिने, नाति सिद्धार्थले प्रधानमन्त्रीलाई भेटे

काठमाडौं । भारतको नयाँ दिल्लीमा उपचारका क्रममा निधन भएका पूर्वप्रधानमन्त्री सुर्यबहादुर थापालाई राजकीय समानका साथ अन्त्यष्टी गरिने भएको छ । थापाका नाति सिद्धार्थ थापासँग प्रधानमन्त्री सुशील कोइरालाले राजकीय सम्मानका साथ अन्त्यष्टी गर्ने बचन दिएका छन् । थापाको निधन भएपछि विहीबार विहान सिद्धार्थ प्रधानमन्त्री कोइरालालाई भेट्न पुगेका थिए ।
दिल्लीमा उपचार गराईरहेका थापाको पार्थिक शरिर आज दिउसो काठमाडौं ल्याइने भएको छ । आज थापा निवास मालीगाउँमा राख्ने, शुक्रबार राप्रपा पार्टी कार्यालय चावहिलमा राख्ने, त्यसपछि दशरथ रंगशालामा अन्तिम श्रद्धान्जलीका लागि राखिने भएको छ । ‘दशरथ रंगशालामा दिउसो १ बजेसम्म राख्ने निर्णय गरेका छौ’ राप्रपाका महामन्त्री तथा संसदीय दलका नेता दीपक बोहराले भने ।
दशरथ रंगशालापछि उनको अन्तिम संस्कार पशुपति आर्यघाटमा गरिने भएको छ । राजकीय सम्मानका साथ अन्त्यष्टी गरिने भएको छ ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice