पूर्वमन्त्री आफ्नै कार्यकर्ताबाट कुटिए

बझाङ । नेपाली कांग्रेसका नेता तथा पूर्वपरराष्ट्र राज्यमन्त्री अर्जुनजंग बहादुर सिंह आफ्नै कार्यकर्ताबाट कुटिएका छन् । प्रथम बझाङ महोत्सव उद्घाटन गरी आफ्नै पार्टीका कार्यकर्ताको घरमा बास बसिरहेका बेला उनी कुटिएका हुन् ।  देवलमा संचालन  भएको महोत्सवलाई उद्घाटन गरी  सिंह स्थानीय दिल बहादुर बोहराको घरमा बास बसेका थिए ।  कार्यकर्ताको कुटाईबाट नेता सिंहको नाक मुख र हातमा  चोट लागेको छ। आक्रमणमा संलग्न भएको आरोपमा सदरमुकाम चैनपुरका स्थानिय लोकेन्द्र बिष्ट, बबिन सिंह र प्रदिप बिष्टलाई प्रहरीले नियन्त्रणमा छ ।
कांग्रेसका पूर्वसभापति सत्यराज भण्डारीको बस्ने कोठामा घरमालिक दिल बहादुर बोहराले सिंहलाई गेष्टका रुपमा बोलाएका थिए । त्यही उनीमाथी कुटपिट भएको प्रहरीले जनाएको छ । सुरुमा सामान्य विवाद भएपछि कुटपिट भएको हो ।
कुटपिटमा संलग्न लोकेन्द्र बिष्ट सत्यराज भण्डारी तथा संथापन पक्षका कार्यकर्ता हुन्। मदिरा सेवन गरी आएका केटाहरुले आफुलाई योजनाबद्ध तरिकाले आर्कमण गरेको पूर्वमन्त्री सिंहले बताए। काठमाडौमा बसेर जिल्ला आएका सिंह देश भरी संचालन भई रहेको श्री नेपाल माता महिमा राष्टिय १०८ विराट महायज्ञ संचालन गर्न सदरमुकाम चैनपुर आएका थिए। प्रहरी नियन्त्रणमा रहेका प्रदिप  विष्टले भने सिंहमाथि हातपात गर्ने योजना आफूहरुको नभएको र घरमालिक दिल बहादुर बोहरासंग झगडा हुदाँ उनी बीचमा परेको बताए।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice