bijaystdClass Object ( [error_code] => 12 [error_msg] => REST API is deprecated for versions v2.1 and higher (12) [request_args] => Array ( [0] => stdClass Object ( [key] => method [value] => fql.query ) [1] => stdClass Object ( [key] => format [value] => json ) [2] => stdClass Object ( [key] => query [value] => SELECT url, normalized_url, share_count, like_count, comment_count, total_count, commentsbox_count, comments_fbid, click_count FROM link_stat WHERE url = http://yeskathmandu.com/2015/04/6384 ) ) )

प्रचण्डको आग्रहमा संविधानसभाको बैठक स्थगित, ८ दलको बैठक सुरु

काठमाडौं । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको आग्रहमा संविधानसभाको बैठक स्थगित गरिएको छ । पूर्वमन्त्री सलिमियाँ अन्सारीको निधनप्रति शोक प्रस्ताव पारित गर्र्दै संविधानसभाको बैठक स्थगित गरिएको छ । आइतबार नै संविधानसभाका अध्यक्ष सुवास नेम्वाङलाई भेटी एक साताका लागि बैठक स्थगित गर्न दाहालले आग्रह गरेका थिए । दाहालको आग्रहमा एकसाताका लागि बैठक स्थगित भएको छ । बैठक ६ बैशाखसम्मका लागि स्थगित गरिएको छ ।
बैठक स्थगित भएलगतै सभाध्यक्ष नेम्वाङको सक्रियतामा आठ दलको बैठक संविधानसभामा बसीरहेको छ । बैठकमा नेपाली कांग्रेस, एमाले, एमाओवादी, राप्रपा नेपाल, मधेशी जनअधिकार फोरम लोकतान्त्रीक, मधेशी जनअधिकार फोरम नेपाल, राप्रपाको शिर्ष नेताहरु छलफलमा जुटेका छन् । बैठकमा अन्य दलका प्रमुख नेताहरु सहभागि भएपनि एमाले अध्यक्ष ओली भने सहभागि छैनन् । उनी बैठक बस्ने समयमा धरहरा चढेका छन् ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice