मैना सुनार र सरला अझै बाकसमा, हत्याको ११ बर्षमा पनि भएन अन्त्यष्टी

काठमाडौं, ।  त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जको फरेन्सिक मेडिसिन विभागमा दुईवटा काठका बाकस छन् । बाकसबाहिर एउटामा लेखिएको छ,मैना सुनुवार । अर्कोमा नाम छ,सरला सापकोटा । १५ वर्षका सुनार–सापकोटा द्वन्द्वकालमा सुरक्षाफौजले पक्राउपछि बेपत्ता बनाइएका थिए । बेपत्ता भएको वर्षौपछि मानव अधिकार आयोग र अधिकारवादी संस्थाको पहलमा सुरक्षाकर्मीले गाडेको ठाउँबाट उनीहरुको शव निकालिएको थियो ।
तत्कालीन शाही नेपाली सेनाले २०६० फागुन ५ गते सुनुवारलाई घरबाट सोधपुछका लागि भन्दै पाँचखालस्थित वीरेन्द्र सैनिक तालिम केन्द्रमा लगेको थियो । उनकी आमा देवी सुनार र अधिकारवादी संस्थाले सोधखोज गर्दा सुनवारलाई सेनाले हत्या गरेर गाडेको खुल्न आएको थियो । २०६३ चैत ९ गते राष्ट्रिय मानवअधिकार आयोगको अगुवाइमा महाराजगञ्ज अस्पतालका फरेन्सिक एक्फर्ट डा. हरिहर वस्ती सहितको टोलीले शव उत्खनन गरेको थियो । उत्खननपछि सुनुवारलाई ३ वटा गोली पछाडिबाट लागेको थाहा भएको थियो । धादिङको जीवनपुरबाट २०६१ साउन १ मा घरमै बसिरहेका वेला सुरक्षाकर्मीले लिएर गएको सरला सापकोटाको शव पछि केही टाढाको केवलपुर गाविसको डाँडामा पुरिएको अवस्थामा फेला परेका थियो । कान्तिपुर दैनिकमा समाचार छ ।

15 Comments
  1. You are so awesome! I do not suppose I’ve truly read a single thing like this before. So nice to discover someone with a few genuine thoughts on this issue. Really.. many thanks for starting this up. This web site is one thing that is needed on the web, someone with a little originality!

  2. Nice blog! Is your theme custom made or did you download it from somewhere? A theme like yours with a few simple adjustements would really make my blog shine. Please let me know where you got your design. Kudos

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice