पहाडबाट मधेश छुट्टयाउने कसम खाँदै खाँदैनौं

बनेपा । नेकपा एमालेका सचिव तथा प्रचारबिभाग प्रमुख योगश भट्टराईले तेस्रो संविधानसभाको कल्पना गर्दै बेलायतदेखि नेपालसम्म नधाउन यूरोपियन यूनियनको टोलीलाई आग्रह गरेका छन् । प्रेस चौतारी नेपालको मध्यमाञ्चल भेलालाई सम्बोधन गर्दै सचिव भट्टराइले ‘तेस्रो संविधानसभाको कल्पना गरेर नेताको घर दैलो नचाहर्न युरोपेली टोलीलाई चेतावनी समेत दिएका छन् । ‘तेस्रो संविधानसभाको कल्पना गरेर चार तारे होटलको विल नबढाउनुहोस्, तेस्रो संविधानसभा हुँदैन’ सचिव भट्टराइले भने ‘ तेस्रो संविधानसभाको निर्वाचन हुन्छ या हुँदैन भन्ने कुरा सोध्न नेपाल आउनु पर्दैन बेलायतबाट फोनमा सोध्नुस् तर पनि हाम्रो जवाफ नो नै हुन्छ ।’ उनले संविधान निर्माणको काममा दलहरु जुटिरहेको र केही बुँद्दामा असहमति भएपनि सहमति जुटने बताए । ‘सहमति हुन लागेका बेला तेस्रो संविधानसधाको बहस भित्राएर आगो नलगाउनुस्, तपाईहरुको चाहना पुरा हुँदैन ।’777
भेलालाई सम्बोधन गर्दै सचिव भट्टराइले जातजातिबीच द्धन्द र मधेशबाट पहाडलाई छुट्याउने सर्त एमालेलाई मान्य नहुँने बताए । ‘पहाडबाट मधेश छुट्टयाउने कसम एमालेले खाँदै खाँदैन’ सचिव भट्टराइले भने ‘केही बिदेशीको उक्साहटमा माओवादी जातिय राज्यको पक्षमा उभियो तर अहिले ठिक ठाउँमा आउँदैछ ।’ युरोपियन यूनियनले दल र दलभित्रको केही नेतालाई उक्साएर जातिय राज्यको बिउ रोप्न खोजेको दावी गरे ।
सचिव भट्टराईले शासकीय स्वरुपमा आफ्नो पार्टी चुकेको समेत बताए । उनले प्रत्यक्ष निर्वाचित कार्यकारीको पक्षमा उभिनु नै देशका लागि हित भएको दावी समेत गरे । ‘प्रत्यक्ष निर्वाचित राष्ट्रपति या प्रधानमन्त्रीका पक्षमा जाने हो भने म ठोकुवा गरी भन्छु, बाम एकता १० बर्षभित्र पुरा हुन्छ ।’ उनले प्रत्यक्ष निर्वाचित कार्यकारीको पक्षमा गए माओवादीसँग एकता हुने ठोकुवा गरे ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice