पूर्वकप्तान विनोद दासद्धारा सन्यासको घोषणा

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान विनोद दासले खेल जीवनबाट सन्यास लिने औपचारिक घोषणा गरेका छन् ।
अष्ट्रेलियाका ब्याट्सक्यान फिलिप हृयूजको सम्झनामा नेपालमा हुन लागेको खेल खेलेर सन्यास लिने उनले घोषणा गरेका छन् ।
सन् २००० मा सिनियर टीममा डेब्यू गरेका दासले तीन बर्षअघि सम्म राष्टिय टिमबाट खेलिरहेका थिए । सन् २०१२ मा टी २० विश्वकप छनोटमा टीममा नपरेपछि उनी खेल जीवनबाट विस्तारै टाढा हुन थालेका थिए । उनी २००५ देखि २००८ सम्म नेपाली राष्ट्रिय टोलीका कप्तान थिए ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice