निर्वाचन आयुक्त र मन्त्रीको नाममा यौनधन्दा !

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीको नाम बेच्दै वर्षौंदेखि राजधानीको मुटुमा कोठी चलाउने युवतीसँगै धन्दावाल किशोरीहरु रङ्गेहात फेला पर्छन् । तर, तिनले सञ्चालिकामाथि दोष नदेखाउँदा प्रहरी मानव बेचबिखनमा मुद्दा चलाउन सक्दैन । र, सार्वजनिक अपराध ऐनमा यस किसिमका काम–कारवाही सिमित हुन्छन् ।
कमजोर कानुनी प्रावधानको फाइदा उठाएर नेपालमा यस किसिमका थुप्रै धन्दावालले उन्मुक्ति पाउने  गरेका छन् । शनिबार दिउँसो बानेश्वरको शान्तिनगर गेटछेऊ एउटा घरै भाडामा लिएर अखडा चलाउँदै आएकी झापा, घैलाडुब्बा निवासी पार्वता उप्रेती पक्राउ परिन् । साथमा थिए, आफूलाई एमाले युवा संघको कार्यकर्ता बताउने, नयाँदिल्लीस्थित प्रतिष्ठित जवाहरलाल नेहरु युनिभर्सिटीमा प्रशिक्षित चार्टर्ड एकाउन्टेन्ट सञ्जिव रोक्का । विश्व बैंकको लगानीमा सञ्चालित केही एनजिओमा समेत संलग्न इन्द्रपुर–४, मोरङका स्थायी बासिन्दा रोक्का विगत पाँच वर्षदेखि पार्वताको ग्राहक रहेछन् । प्रहरीले पक्रँदा उनी बुटवलकी १७ वर्षीया किशोरी आइषा केसीसँग थिए । त्यहीँबाट झापा, काकडभिट्टाकी गीता र ओखलढुंगाका राधिका खड्का पनि समातिए । प्रहरीलाई दच्काउन पार्वताले आफू नीलकण्ठ उप्रेतीको भतिजी हो भनिन् । सञ्जिवले उद्योग मन्त्री महेश बस्नेतसँग निकटताको नाता देखाए । तर, प्रहरीले यी सबैलाई सार्वजनिक अपराध ऐनअन्तर्गत म्याद थपी हिरासतमा राखेको छ । केही देहव्यापारी युवतीले साडीको फल्स देखाइदिन दिदीकहाँ आएकाले आफूलाई धेरै कुरा थाहा नभएको बताएको हुँदा पैसाको कारोबार गरेर देहव्यापार गरेको अभियोगमा उनीहरुलाई कडा मुद्दा लगाउन नसकिएको प्रहरीले बताएको छ ।

One thought on “निर्वाचन आयुक्त र मन्त्रीको नाममा यौनधन्दा !

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice