ह्युजको सम्झनामा हुने क्रिकेटको टिकट १६३ रुपैयाँ

काठमाडौं । दिवंगत क्रिकेटर फिलिप ह्युजको सम्झनामा २८ चैतमा कीर्तिपुरमा हुने नेपाल र अस्ट्रेलियालीबीचको खेल हेर्नका लागि १६३ रुपैयाँको टिकट तोकिएको छ । नेपाल क्रिकेट संघ क्यानले ६३ ओभरको खेल हेर्नका लागि १६३ रुपैयाँको टिकट तोकेको हो । खेल हेर्न क्रिकेट अस्ट्रेलियाका अध्यक्ष वाली इड्वाड्र्ड र अन्तर्राष्ट्रिय क्रिकेट परिषद्का ग्लोबल डेभलपमेन्ट प्रमुख टिम एन्डरसन नेपाल आउने यसअघि नै जनाइएको छ । खेल हेर्ने टिकट इसेवा वा संघको कार्यालय मूलपानी र कीर्तिपुर मैदानस्थित कार्यालयमा १८ देखि २५ चैतसम्म लिन सकिने क्यानले जनाएको छ । खेल नेपाल टेलिभिजनबाट पनि प्रत्यक्ष प्रसारण गरिने बताइएको छ ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice