प्रधानमन्त्रीलाई डाक्यो अर्थसमितिले

काठमाडौं । गरिबी निवारण कोषमा अनिमितता भएको गुनासो बढेपछि ब्यवस्थापिका संसदको अर्थसमितिले प्रधानमन्त्री सुशील कोइरालालाई बैठकमा डाकेकोे छ । कोषका अध्यक्ष तथा प्रधानमन्त्री कोइरालालाई गुनासाका बिषयमा सरोकारवालाई जानकारी दिन बैठकमा बोलाएको समितिका सभापति प्रकाश ज्वालाले बताए ।
समितिको बैठकमा धारणा राख्ने सभासदहरुले सहकारी तथा गरिबी निवारण मन्त्रालय नेतृत्वविहीन रहँदा सो मन्त्रालयमार्फत् सन्चालन हुने काम प्रभावकारी बन्न नसकेको गुनासो गरेका थिए ।
उनीहरुले सहकारी मन्त्रालय र गरिबी निवारण कोषलाई प्रधानमन्त्रीको मातहतमा राखिएपनि प्रधानमन्त्रीले ती मन्त्रालय र कोषका काममा समय दिन नसक्दा ती निकायको काम–कारबाही निस्प्रभावी बनेको मा आपत्ती समेत जनाएका थिए ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice