bijaystdClass Object ( [error_code] => 12 [error_msg] => REST API is deprecated for versions v2.1 and higher (12) [request_args] => Array ( [0] => stdClass Object ( [key] => method [value] => fql.query ) [1] => stdClass Object ( [key] => format [value] => json ) [2] => stdClass Object ( [key] => query [value] => SELECT url, normalized_url, share_count, like_count, comment_count, total_count, commentsbox_count, comments_fbid, click_count FROM link_stat WHERE url = http://yeskathmandu.com/2015/03/5797 ) ) )

बिद्यालय हाताभित्रै दलित बालिका बलात्कृत

काठमाडौं । देशव्यापी रूपमा ‘बेटी बचाउ अभियान चलिरहँदा पछिल्लो एक साताभित्रै दुई जनामाथि सामूहिक बलात्कार भएको  छ। बाँके, कोहलपुरमा पाँचवर्षीया बालिकामाथि विद्यालय हाताभित्रै बलात्कार भएको छ भने सर्लाहीमा शौच गर्न गएकी युवती आक्रमणमा परेकी छन्।  कोहलपुर नगरपालिकाको चप्परगौडीस्थित जनज्ञानज्योति उच्च माविको शिशु कक्षामा पढ्ने स्थानीय दलित बालिका विद्यालयभित्रै सामूहिक बलात्कारमा परेकी हुन्।
चैत ९ गते दिउँसो १२ बजे विद्यालय हाताभित्र खेलिरहेकी बालिकामाथि बलात्कार भएको पीडित परिवारले जनाएको छ। इलाका प्रहरी कार्यालय, कोहलपुरले बलात्कार आरोपमा सोही विद्यालयमा अध्ययनरत १२ वर्षीय र १४ वर्षीय दुई किशोरलाई पक्राउ गरेको छ। उनीहरूविरुद्ध जबरजस्ती करणीमा मुद्दा दर्ता गरी कारबाही अघि बढाइएको डिएसपी जनकबहादुर शाहीले जानकारी दिए।
बालिकामाथि सामूहिक बलात्कार भएको नेपालगन्ज मेडिकल कलेज, कोहलपुरले पुष्टि गरिसकेको छ। अस्पतालले उनलाई चार दिनको उपचारपछि घर पठाएको छ। घर ल्याए पनि बालिकाको शारीरिक तथा मानसिक अवस्था नाजुक बन्दै गएको परिवारले जनाएको छ। बालिकाकी आमाका अनुसार छोरीलाई ज्वरो आउने, रातमा कराउने, झस्किएर ब्युँझने, बोल्न नसक्ने समस्या देखिएको छ। पहिला सधैं हाँस्ने–खेल्ने छोरी अहिले केटामान्छे देख्नासाथ डराउँछे, भाग्न खोज्छे, उनले भनिन्। बालिकाको योनिमा घाउ भएको र पिसाबमा समस्या देखिएको उपचारमा संग्लन चिकित्सकले बताएका छन्।
पीडित परिवारको आर्थिक अवस्था कमजोर छ। छोरीको थप उपचार गर्न समस्या परेको उनीहरू गुनासो गर्छन्। आमा कोहलपुर बजारमा मजदुरी गर्छिन् भने बुबा भारतमा काम गर्छन्। बलात्कारपछि स्थानीयले गाउँमै मिलाउनुपर्ने भन्दै घटना गुपचुप राख्न दबाब दिएको आमाले बताइन्। दबाब र धम्कीका बाबजुद बालिकाको परिवारले घटनाको तीन दिनपछि चैत १२ गते प्रहरीलाई जानकारी गराएको थियो। १३ गते जाहेरी परेपछि प्रहरीले दुई किशोरलाई पक्राउ गरेको थियो।
बालिकाकी आमाले बलात्कारमा संग्लनलाई हदैसम्म कारबाही माग गरेकी छन्। घरमा कोही नभएको र विद्यालयमा खेल्न गएको मौका छोपी छोरीलाई त्यस्तो गरेछन्। उनीहरूलाई हदैसम्म कारबाही हुनुपर्छ, उनले भनिन्, अझै पनि उजुरी फिर्ता लिएर गाउँमै सहमति गर्न दबाब दिइरहेका छन्। बलात्कारपछि प्रहरीले आरोपी सार्वजनिक गर्ने तथा घटनाबारे जानकारी गराउने विषयमा आफूहरूलाई सहयोग नगरेको परिवारले आरोप लगायो। थप उपचार नपाए छोरीमा मानसिक तथा शारीरिक समस्या बढ्ने चिन्ताले उनीहरूलाई पिरोलेको छ।
सर्लाही  लक्ष्मीपुर गाविसमा एक युवतीमाथि सामूहिक बलात्कार भएको छ। शौच गर्न गएकी १८ वर्षीया युवतीमाथि गत शनिबार साँझ आठ बजे बलात्कार भएको हो। प्रहरीले बलात्कार आरोपमा सुन्दरपुर सुकचैन–१ का २५ वर्षीय अजय कर्मी र २० वर्षीय सरोज पटेल राउतलाई पक्राउ गरेको नागरिकमा समाचार छ ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice