काठमाडौंमा एकै परिवारका निसास्सिएर दुईको मृत्यु, एक गम्भिर विरामी

काठमाडौं । कोठामा निसास्सिएर गोठाटारमा दुई जनाको मृत्यु भएको छ । काठमाडौं महानगरपालिका  ३५ मा बस्दै आएका दुई जनाको  निसास्सिएर मृत्यु भएको भने एक सिकिस्त विरामी परेको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा ३७ वर्षका तिलक दाहाल र २८ वर्षकी पुनम दाहाल रहेका छन् ।  बिरामी परेकी रमा दाहालको नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा उपचार भइरहेको छ ।
दाहाल परिवार काठमाडौंमा मकै पोलेर बेच्ने व्यवसाय गर्दै आएका थिए । रातीमा उनीहरुले भुसको चुलोबाट खाना पकाएको र उक्त आगो ननिभाएका कारण निसास्सिएको प्रहरीले अनुमान प्रहरीले गरेको छ ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice