पोखरामा कालीगण्डकी ग्यास उद्योग

कास्की । पोखरामा कालीगण्डकी ग्यास उद्योग स्थापना गरिएको छ । पोखराको औद्योगिक क्षेत्रमा झन्डै ६ करोड रुपैयाँ लगानीमा पाँच सय सिलिन्डर ग्यास उत्पादन गर्ने क्षमता रहेको उद्योग स्थापना गरिएको हो । उद्योगबाट हाल दैनिक दुई सय सिलिन्डर उत्पादन भइरहेको जनाइएको छ ।
उद्योगले अक्सिजन, नाइट्रोजन र लिक्युड नाइट्रोजन ग्यास उत्पादन गरिरहेको छ । उद्योग दुई रोपनी जग्गामा रहेको छ । यो जग्गा ४० वर्षका लागि भाडामा लिइएको हो । उद्योगमा १४ जनाले रोजगारी पाएका छन् भने उत्पादित ग्यास गण्डकी र धौलागिरिमा बिक्री–वितरण भइरहेको छ ।
अक्सिजन ग्यास उत्पादन गर्ने कालीगण्डकी दोस्रो उद्योग हो । यसअघि पोखरा ग्यास उद्योग स्थापना गरिएको थियो । उद्योगमा वामदेव बस्ताकोटी,  राजन पौडेल, सुरेश बराल, बलराम बडाल, सनत भट्टराई, केशरी तिवारी, क्षेत्रबहादुर बराल क्षेत्री, सूर्यबहादुर रोका, समुन्द्र देवकोटा,इमानबहादुर गुरुङलगायतको लगानी रहेको छ ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice