bijaystdClass Object ( [error_code] => 12 [error_msg] => REST API is deprecated for versions v2.1 and higher (12) [request_args] => Array ( [0] => stdClass Object ( [key] => method [value] => fql.query ) [1] => stdClass Object ( [key] => format [value] => json ) [2] => stdClass Object ( [key] => query [value] => SELECT url, normalized_url, share_count, like_count, comment_count, total_count, commentsbox_count, comments_fbid, click_count FROM link_stat WHERE url = http://yeskathmandu.com/2015/03/5530 ) ) )

चार दिनभित्र सहमति नगरे बैठक बोलाउने सभाध्यक्षको चेतावनी

काठमाडौं । संविधानसभा अध्यक्ष सुवास नेम्वाङले सहमति गर्न प्रमुख दलका नेताहरुलाई चार दिनको समय दिएका छन् । १५ चैतसम्म सहमति नगरे संविधानसभाको बैठक बोलाउने चेतावनी समेत दिएका छन् । ‘१५ चैतसम्म सहमति नभए संविधानसभा बन्धक बन्दैन’ नेम्वाङले भने ‘त्यसपछि संविधानसभाले आफ्नो काम कारवाही अगाडी बढाउँछ ।’
बुधबार प्रमुख पार्टीका संसदीय दलका सचेतकहरुसँगको छलफल पछि नेम्वाङ यस्तो निस्कर्षमा पुगेका हुन् । उनले सिहदरवार स्थित आफ्नै कार्यकक्षमा सचेतकहरुलाई छलफलका लागि बोलाएका थिए ।
उनले दलहरुको आग्रहमा आफुले बैठक स्थगित गरेपनि प्रगति नहुने भए सधै स्थगित राख्न नसकिने बताए । ‘दलहरुले सहमति नगरे १५ गते साँझ बैठक बोलाउँछु ।’
छलफलमा कांग्रेस प्रमुख सचेतक चीनकाजी श्रेष्ठ, एमालेका अग्नि खरेल, एमाओवादीका गिरीराजमणि पोखरेल, राप्रपा नेपालका दिलनाथ गिरी, फोरम लोकतान्त्रिकका रामजनम चौधरी र फोरम नेपालका शिवजी यादव सहभागी थिए ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice