महानगरका ५ कर्मचारी क्यानडामा फरार

काठमाडौं । सहरी व्यवस्थापन सम्बन्धी तालिम लिन क्यानडाको एडमन्टन पुगेका काठमाडौं महानगरपालिकाका तीन जिम्मेवार कर्मचारीसहित पाँच उतै बेपत्ता भएका छन् । चैत २ देखि ४ सम्मको कार्यक्रम सकिएको साता बित्दासमेत उनीहरु देश फर्केका छैनन् । साथै,महानगरपालिका कार्यालयलाई पनि उनीहरुले आफ्नो तालिम भ्रमण टुंगिए–नटुंगिएको बारे जानकारी गराएका छैनन् । त्यसरी हराउनेमा वातावरण व्यवस्थापन विभाग प्रमुख ज्ञानेन्द्र कार्की,वातावर महाशाखा प्रमुख हरि कुँवर र अन्तर्राष्ट्रिय सम्बन्ध सचिवालय प्रमुख नुरनिधि न्यौपाने छन् । यही समूहमा निमन्त्रण नै नभएका महानगरपालिका वडा ६ का इन्जिनियर निर्मल भट्टराई र कार्यान्वयन महाशाखाका नगर निरीक्षक राजु पाण्डेसमेत छन् । काजमा विदेश जानुपरे सम्बन्धित मन्त्रालय सचिवको स्वीकृति लिनुपर्ने प्रावधान लत्याउँदै उनीहरु १० दिनअघि क्यानडा हिँडेको महानगरपालिका स्रोतले बताएको छ । स्थानीय स्वायक्त शासन नियमावली २०५६ को बेवास्ता गर्दै उनीहरु विदेश गएको भन्दै महानगरपालिकामा हल्लीखल्ली मच्चिएको छ,आजको नागरिक दैनिकमा समाचार छ ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice