बाह्र किलो चाँदीसहित एक पक्राउ

सुनसरी । सदरमुकाम इनरुवा–६ बाट प्रहरीले १२ किलो चाँदीसहित एकजनालाई पक्राउ गरेको छ।  बारा गमहरिया–४ का करिब ७२ वर्षीय बंकर साह सोमबार राति पक्राउ परेका हुन् । बाराबाट विराटनगरतर्फ आइरहेको सार्वजनिक बस सुराकीका आधारमा चेकजाँच गर्दा साह प्रक्राउ परेको सुनसरी प्रहरीले जनाएको छ ।
पाउजु दुई सय ९४ थान, डरकस १८ थान, किरिङ सात थान, लोटा दुई थान, कचौरा दुई थान, गिलास दुई थान, प्लेट दुई थान र पाउजुमा लगाउने झुम्का तीन किलोसहित पक्राउ परेका साहलाई सुनसरी प्रहरीले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice