सरकारको निगरानीमा विप्लव, विप्लवको निगरानीमा मन्त्री र सचिव

काठमाडौ । ‘जनयुद्धको बलमा जनबिद्रोह’को कार्यदिशा लिएर मोहन बैद्य नेतृत्वमा अलग भएको नेत्रबिक्रम चन्द विप्लवको पार्टी सरकारको कडा निगरानी परेको छ । गृहमन्त्रालयले विप्लव नेतृत्वको माओवादीका गतिविधि नियाल्न छुट्टै सयन्त्र बनाएपछि उनीहरुले पनि मन्त्री र कर्मचारीलाई भ्रष्टाचारको अभियोगमा कारवाही गर्ने निति अघि सारेका छन् ।
बिप्लव माओवादीले आफ्ना गतिविधी प्रचलित कानुन बिपरित र आफुलाई मन नपरेका ब्यक्तिमाथी कारवाही थाल्ने संकेत पाएपछि गृहमन्त्रालयले गतिविधीलाई कठा निगरानीमा राखेको हो । विप्लव माओवादीले गर्ने गतिविधीको सुचना संकलन गर्न एक प्रहरी अधिकृतको संयोजकत्वमा टोली नै गठन गरेको स्रोतले बताएको छ । नेपाली राजनीतिमा आफ्नो भुमिकालाई प्रभावकारी बनाउन बिप्लव माओवादीले भ्रंष्टाचारको नाममा जो कोहीलाई पनि कारवाही गर्न सक्ने निस्कर्ष निकालेको गृहमन्त्रालयले अराजनीतिक गतिविध तत्काल कानुन दायरामा ल्याई कारवाही गर्न यस्तो सयन्त्र बनाएको छ । नागरिक लगानी कोषका प्रमुख राधेश पन्तलाई भ्रष्टाचारी घोषणा गरी कारवाही थालेपछि सरकारले विप्लव माओवादीप्रति निगरानी बढाएको गृहमन्त्रालय स्रोतले बताएको छ ।
उता बिप्लव नेतृत्वको माओवादीले पनि सरकारका केही मन्त्री, सचिव र बरिष्ठ सरकारी कर्मचारीमाथी निगरानी बढाएको छ । ‘हाल भ्रष्टहरुको सुचना संकलन गर्ने काम भइरहेको छ’ बिप्लव माओवादीका एक केन्द्रीय सदस्यले भने ‘सुचनाको काम सकेपछि योजना बन्छ त्यसपछि कारवाही ।’ विप्लव माओवादीले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, अन्य संस्थानका कर्मचारीको पनि सुचना संकलन गरीरहेको छ ।
सरकारले विप्लव माओवादीले गरेका कानुनविपरित कार्य खोजीरहेको छ भने, विप्लवले मन्त्री, सचिव र सरकारी अधिकारीहरुको नालिबेली खोजीरहेको छ ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice