अनुष्का र विराटको प्रेम पोखियो ट्विटरमा

एजेन्सी । जारी विश्वकपमा भारतीय क्रिकेटर विराट कोहली खेलसँगै फिल्म र प्रेमिकाका कारण चर्चामा छन् । उनकी प्रेमिका अभिनेत्री अनुष्का शर्मा खेलेको फिल्म एनएच १० को पनि चर्चा चुलिँदो छ । पछिल्लो समय भारतीय खेल र चलचित्र क्षेत्रमा यो जोडीको विशेष चर्चा चल्ने गरेको छ । प्रेमिका अनुष्काले फिल्म एनएच १० मा गरेको कामको विराट कोहलीले खुलेर प्रशंसा गर्न थालेको छन् । उनले ट्विटमार्फत पहिलोपटक अनुष्कालाई ‘माई लभ’ भनी सम्बोधन गरेपछि चर्चा बढेको हो ।  विराटले ट्विट गरेका छन्, ‘मैले हालै फिल्म एचएन १० हेरेँ । फिल्ममा खासगरी मेरी मायालुको काम अतुलनीय (आउट स्ट्यान्डिङ) छ ।’ विराटलाई जवाफमा अनुष्काले भनेकी छिन्, ‘धन्यवाद, धेरै खुुसी छु ।’

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice