प्रचण्डले भने : सेना भएको ज्ञानेन्द्रभन्दा कांग्रेस एमाले बलिया

काठमाडौं । ८ बर्षदेखि खुल्ला राजनीतिमा कांग्रेस र एमालेसँग प्रतिस्पर्धा गरिरहेका एकीकृत नेकपा माओवादीका अध्यक्ष  पुष्पकमल दाहाल प्रचण्डले तत्कालिन राजा ज्ञानेन्द्रभन्दा अहिलेका कांग्रेस, एमाले शक्तिशाली भएको बताएका छन् । राजासँग भुमिगत भएर लडेको तर एमाले कांग्रेससँग खुल्ला राजनीतिमा लडेको आफ्नो अनुभव सुनाउँदै प्रचण्डले जनआधार भएका दलहरु बलिया भएको बताए ।
उनले आगामी आन्दोलन घोषणाका लागि सिंहदरबारमा आइतबार साँझ बसेको ३० दलीय मोर्चाको बैठकमा भने तत्कालिन राजा ज्ञानेन्द्रसँग सेनामात्र थियो जनता थिएनन् तर अहिले कांग्रेस एमालेसँग राज्यशक्ति र कार्यकर्ता पनि छन् । उनले राजासँगको लडाई भन्दा कांग्रेस एमालेसँगको लडाई पेचिलो हुने बताएको अन्नपूर्ण पोष्टमा समाचार छ ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice