यसरी भयो जुम्लामा बस दुर्घटना, मृतकको संख्या १८ पुग्यो

कालीबहादुर मल्ल
कालिकोट । जुम्लादेखि कालिकोट आउदै गरेको यात्रृबहाक बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १८ पुगेको छ । खलंगाबाट कालिकोटतिर आउँदै गरेको ना ४ ख ४९७०  नम्वरको बस जुम्लाको रारालिही–१ गाडगुडेनीमा दुर्घटना हुदा चालक र सहचालक सहित १८ जनाको मृत्यु भएको हो । वस सडकबाट करिब २ सय मिटर तल तिला नदिको छेउमा खसेको छ । दुर्घटनामा कालिकोट फुकोट ३ का २५ वर्षिय नमराज तिरुवा, फोइमहादेव  ५ का कालीवहादुर वुढा, २५ वर्षिय हर्क वुढा, ५० वर्षिया रेशमकला वुढा, जुम्ला शनिगाउ–८ का २४ वर्षिय चालक सागर बुढा, सोही ठाउका सहचालक हर्क बुढा, लालविर शाही, रति रोकाया, महावैपाथरखोला–९ का सर्जन रोकाया, जितेन्द्र अधिकारी, ६ बर्षीया विजया शाही, ५५ वर्षिया देवु रोकाया, उनाका–९ , महिनाको छोराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले बताएको छ । त्यसैगरी  पम्फादेवी रावत, ८ वर्षिय पुष्पराज शाचार्य, १८ वर्षिया विजु रोकाया, नराकोट ६ का रज वहादुर बुढा, तातोपानी ४ का १७ बर्षीया रना कामी, कालिकाखेत्तु–१ का धनलक्ष्मी न्यौपाने मृत्यु भएको छ । मृतकहरु मध्य १३ जनाको दुर्घटना स्थलमै मृत्यु भएको थियो भने वाँकीको उपचारका क्रममा मृत्यु भएको जुम्ला जिल्ला प्रहरी कार्यालय निरिक्षक इन्द्रवहादुर साउदले जानकारी गराएका छन । उनका अनुसार  दुर्घटना परी ११ जना घाइते भएका छन् घाइते मध्ये ७ जनाको अवस्था गम्भिर भएको प्रहरीले जनाएको छ । ???????????????????????????????
गम्भिर घाइतेलाई नेपाली सेनाको हेलिकप्टरवाट नेपालगन्ज लगिएको छ । जुम्ला बसपार्कबाट विहान ७. बजे ३३ जना यात्रृ लिएर हिडेको वस फोइमहादेव गाविसको नाग्म र जुम्लाको रारालीही गाविस नजिकै गाडगुडेनीमा अढाई घण्टापछि  दुर्घटना भएको थियो ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice