bijaystdClass Object ( [error_code] => 12 [error_msg] => REST API is deprecated for versions v2.1 and higher (12) [request_args] => Array ( [0] => stdClass Object ( [key] => method [value] => fql.query ) [1] => stdClass Object ( [key] => format [value] => json ) [2] => stdClass Object ( [key] => query [value] => SELECT url, normalized_url, share_count, like_count, comment_count, total_count, commentsbox_count, comments_fbid, click_count FROM link_stat WHERE url = http://yeskathmandu.com/2015/03/5005 ) ) )

माओवादी एकता अभियान सुरु : प्रचण्ड र वैद्य आएनन्

काठमाडौं । माओवादीबाट फुटेका तीन पार्टीबीच एकता प्रक्रिया कार्यक्रम सुरु भएको छ ।
सोमबार राजधानीमा एमाओवादी, वैद्य माओवादी र विप्लव माओवादीबीच पुनर्गठन अभियानको घोषणा भएको हो । तीनै माओवादीका दोस्रो तहका नेताले पुनर्गठनको गरेका छन् ।
घोषणा कार्यक्रममा एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्य किरण भने उपस्थित भएनन् । केही दिन अघि मात्रै पार्टी एकता प्रक्रिया अघि बढाउने कागजमा एमाओवादी अध्यक्ष प्रचण्ड र नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यले हस्ताक्षर गरेका थिए ।
काठमाडौंबाहिर रहेका अर्को माओवादीका अध्यक्ष नेत्र विक्रम चन्द ‘विप्लव’ कार्यक्रममा उपस्थित हुन नसक्ने भएपछि दुवै अध्यक्ष उपस्थित नभएको बताइएको छ ।
कार्यक्रममा विप्लवलाई पनि उपस्थिति गराउने योजना थियो ।
कार्यक्रममा जनार्दन शर्मा, अग्नि सापकोटा, नन्दकिशोर पुन र हिसिला यमी, पम्फा भुसाल, मात्रिका यादव, मणि थापालगायत उपस्थित छन् ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice