नयाँ वित्तीय संस्थाको इजाजतमा रोक

काठमाडौ, । लामो समय नयाँ लाइसेन्स नखुलेपछि वित्तीय क्षेत्रका लगानीकर्ता समस्याग्रस्त संस्थामा आकषिर्त हुन थालेका छन् । खारेजीको क्रममा रहेकासहित १४ वटा संस्था समस्याग्रस्त भएपछि खरिदका लागि मोलमोलाइ गर्ने र स्वामित्व लिन खोज्नेको संख्या बढेको हो । खारेजीको क्रममा रहेको एउटासहित समस्याग्रस्त ४ संस्था लिन चाहनेले पछिल्लो समय राष्ट्र बैंकमा कुराकानी अघि बढाएका छन् । लाइसेन्स लामो समयदेखि बन्द रहेको र छिट्टै नयाँ नपाइने देखेपछि समस्याग्रस्त संस्थामा लगानी गर्न खोज्ने बढेका छन्, राष्ट्र बैंकका एक अधिकारीले भने ।
नयाँ लगानीकर्ताले नेपाल विकास बैंक, गोर्खा डेभलपमेन्ट बैंक, जनरल फाइनान्ससहित कुवेर मर्चेन्ट फाइनान्स र वल्र्ड मर्चेन्ट बैंकिङ एन्ड फाइनान्समा प्रवेश गर्न छलफल अघि बढाएका हुन् । यी संस्थामा लगानी गर्न चाहनेको छलफल विभिन्न चरणमा पुगेको छ । राष्ट्र बैंकले समस्याग्रस्त संस्था हेर्नका लागि समस्याग्रस्त संस्था रिजोलुसन महाशाखा सञ्चालन गरेको छ । महाशाखामा व्यक्तिगतदेखि संस्थागत प्रस्ताव आउन थालेको हो । विभिन्न संस्थामा इच्छा देखाउँदै दिनको एउटा समूह आइरहेको छ, महाशाखाका निर्देशक रेवतीप्रसाद नेपालले भने, लाइसेन्ससहित तयारी अवस्थाको संस्था र ब्रान्ड पाउने भएपछि यसमा आकर्षण भएको हो ।
खारेजीमा जाने पहिलो संस्था नेपाल विकास बैंकलाई खरिद गर्न प्रभु बैंकले इच्छा देखाएको छ । खारेजीको क्रममा रहेको यो संस्थाको बाँकी रहने सम्पत्ति प्रभुले खरिद गर्न खोजेको हो । यससम्बन्धी एउटा प्रस्ताव करिब महिना दिनअघि राष्ट्र बैंकको नियमन विभागमा पठाएका छन् । खरिद प्रक्रिया धेरै अघि बढिसकेको छ,ु विभागका एक अधिकारीले भने, विस्तृत अध्ययन गरेर मूल्य तोक्ने भनिएको छ ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice