श्रीमतीसँग नजिकिएको आरोपमा सैनिकले गरे सैनिककै हत्या

काठमाडौं । नेपाली सेनाको श्रीनाथ गणमा कार्यरत रुद्रबहादुर थापाले सहकर्मी  रोहित कुमार ओझाको हत्या गरेका छन्। आफ्नी श्रीमतीसँग नजिकिएको भन्दै थापाले नेपाली सेना मै कार्यरत ओझाको हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।  १५ फागुनमा सेनाको आर्टिलरी गणबाट अस्पताल जान्छु भन्दै हिँडेका ओझा सम्पर्कमा नआएपछि परिवारको उजुरीका आधारमा प्रहरीले  खोजी गरेको थियो ।
अनुसन्धानका क्रममा ओझाको मोबाइल सम्पर्क थापासँग धेरै पटक भएको देखिएकाले प्रहरीले थापाको पनि खोजी गरेको थियो। संयोगले उनीपनि त्यहि दिनबाट कार्यलयमा हाजिर भएका थिएनन्। प्रहरीले उनलाई रुपन्देहीको देवदहको एक होटलबाट बिहिबार प्रक्राउ गरेपछि  ओझाको हत्या भएको खुलसा भएको हो।
थापाको बयान अनुसार २०६६ सालमा सिराहामा उनकी श्रीमती आस्था मगर र ओझाको चिनजान भएको थियो। त्यसपछि उनीहरुको मोबाइलमा कुराकानी हुन्थ्यो। केही समयपछि थापाले नेपालटारमा कोठा भाडामा लिइ श्रीमतीलाई राखेर विदेशी मिशनमा गएका थिए।
फर्केर आउँदा पनि ओझा र श्रीमतीको सम्बन्ध रहेको थाहा पाएर श्रीमतीसँग सोधपुछ गरेका थिए। त्यसपछि ओझाले थापाकै सामुन्ने भद्रकाली मन्दिरमा मगरलाई बहिनी मानेर टिका लगाएका थिए। बहिनी मानेपनि उनको कोठामा आउजाउ गरिरहन्थे।
फागुन १५ गते अल्का अस्पताल जान्छु भनी हिँडेका ओझाले थापालाई नारायणस्थानमा भेटन बोलाए। दुईजनाबीच कुराकानीका क्रममा विवाद भएपछि थापाले ओझालाई छालाको बेल्टले प्रहार गरे। अचेत बनेपछि  केही तल गुल्टाइदिए। ओझाकै मोबाइलबाट श्रीमतीलाई फोन गरेर ओझालाई मारिदिएको बताए। त्यस रात उनी कोठामा आएर बसे। अर्को दिन व्यारेकमा गए। तेस्रो दिन फेरि घटना स्थलमा गई ओझाको लासलाई चक्कुले खाल्डो खनेर गाडी दिए।
थापालाई प्रहरी कर्तव्य ज्यान मुद्धा चलाउने भएको छ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice