अपराधी आमाका निर्दोष सन्तान, जेलदेखि स्कुल

काठमाडौं । चार जना बालबालिका काठमाडौंको सुन्धारामा रहेको केन्द्रीय महिला कारागारमा बस्छन् । यो उनीहरुको बाध्यता हो । जेलमा अहिले चारचार बर्षका निशानी कुमाल, यसमीन पुरी र प्रतीक कार्की अनि ५ बर्षीया अन्जु तुरल बस्दै आएका छन् । उनीहरु जेलमा आफ्ना आमाहरुले गरेका अपराधका कारण यहाँ बस्न वाध्य भएका हुन् । र, उनीहरुलाई आमाको काख र साथमा रहन सक्ने व्यवस्था भएकाले गर्दा उनीहरु केन्द्रीय महिला कारागाराभित्र राखिएको हो ।
उनीहरुको दैनिकी जेलदेखि स्कूल र स्कूलदेखि जेलसम्मको छ । बिहानको नौ बजे छि उनीहरुलाई स्कूल जान हतार हुन्छ । त्यसअघि आमाकै काखमा रहने यी सानासाना नानीबाबुलाई न आमाले उनीहरुलाई स्कूल पु¥याउँछन न त जेलकै कर्मचारीले । तर पनि उनीहरु शिक्षाको ज्योतिबाट बन्चित हुन परेको छैन । विहान ९ बजे उनीहरुलाई लिन प्रारम्भिक वालविकास केन्द्रका कर्मचारीहरु यहाँ आइपुग्छन् । र, नानीहरु पनि उज्ज्वल भविष्यको खोजीमा स्कूलसम्म पु¥याउने गरेका छन् । जेलमै रहेका आमाहरुले उनीहरुलाई स्कूल जाने व्यवस्था गरिदिएपछि उनीहरु भविष्यको खोजीमा स्कूल तर्फ लागेका हुन् । चार जना साथमा साथ मिलाउँदै स्कूल पुग्छन् । उनीहरुको मुहारमा चमक देख्न सकिन्छ । स्कूल पुगेपछि उनीहरु देशको राष्ट्रिय गानसँगै प्रार्थना गर्छन् । भोटेबहालमा रहेको दीप हाइस्कूल हो, उनीहरु पढ्ने । बेलुका तीन बजेसम्म उनीहरु भविष्य खोज्दै अक्षर खार्न अभ्यस्त हुन्छन् ।
उनीहरुलाई यो स्कूलमा कुनै भेद्भाव छैन । उज्ज्वल भविष्यका लागि उनीहरुले लेखपढ गरिरहेका छन् । तीन बजे स्कूल छुटेपछि फेरि बालविकास केन्द्रकै कर्मचारीहरुले उनीहरु बस्ने घर अर्थात सुन्धारास्थित केन्द्रीय कारागारसम्म पु¥याएर अभिभावको जिम्मा लगाउने गरेका छन् । जेलदेखि स्कूल र स्कूलदेखि जेल गर्दैमा उनीहरुको दैनिकी वित्ने गरेको छ । यसमध्येकी पाँच बर्षिया अन्जु तुरलले ठूलो भएपछि ड्राइभर बन्ने अबोध इच्छा सुनाइन् । कारागारमै बस्दै आएका चार बर्षीय प्रतीक कार्कीको अबोध इच्छाचाहीं हिरो बन्न चाहाना छ । फरक फरक परिवेशले उनीहरुलाई एकै ठाउँमा ल्याएको हो । र, उनीहरु शिक्षाको उज्यालो घामबाट बन्चित नहोउन भनेर यो सत्प्रयास थालिएको हो ।
केकारण उनीहरु जेलमा छन् ?
Children take a penitentiary bus to meet relatives who are prisoners in San Pedro jailआमाहरुले गरेको अपराधको सजाय भोगिरहेका छन्, निदोष बालबालिकाहरु । निराशी कुमालकी आमा कर्तव्य ज्यान, यसमीन पुरीकी आमा लागूऔषध, प्रतीक कार्कीकी आमा कर्तव्य ज्यान र अन्जु तुरलकी आमा लागूऔषध मुद्दामा केन्द्रीय कारागारभित्र थुनामा छन् । उनीहरुले गरेको अपराधकै कारण उनीहरुका छोराछोरी पनि जेलमा बस्न वाध्य भएका हुन् । कलिला वालवालिकाका आमाबुबा जेलमा परेको अवस्थामा उनीहरुलाई हेरचाह गर्ने कोही नभएको अवस्थामा जेलमै आश्रय दिने गरिएको जेलर शम्भुप्रसाद रेग्मी बताउँछन् ।
दयनीय सुविधा– १०० ग्राम चालम र पाँच रुपियाँ पचास पैसा खर्च
जेलमा रहेका उनीहरुले पाउने सुविधा निक्कै दयनीय छ । नेपाल कारागार ऐनले उनीहरुलाई दिने सुविधा निक्कै न्यून छ । कारागार ऐनको अनुसूची ३ ले नावालकलाई दिइने सुविधामा भनिएको छ–सात महिनादेखि १ बर्षसम्मलाई १०० ग्राम चालम र पाँच रुपियाँ पचास पैसा, १ देखि ३ बर्षसम्मलाई १ सय ५० ग्राम चामल र पाँच रुपियाँ पचास पैसा, ३ देखि ५ बर्षसम्मकालाई २०० ग्राम चामल र पाँच रुपैयाँ पचास पैसा । त्यस्तै उमेर अनुपातमा त्यहीअनुसार बढाएर दिने व्यवस्था छ भने परिच्छेद ४ अनुसार नाबालक बालवालिकालाई कमिज १, सुरुवाल १ वा घाँघर १ सरुवाल १ दरले बर्षको दुई पटक र सुतीको कोट १ गलबन्दी १ र टोपी १ बर्षको एक पटक दिने व्यवस्था छ । तर यो दयनीय अवस्थामा यी वालवालिका बाँच्न सक्ने अवस्था नहुने भएकाले गर्दा उनीहरुलाई विभिन्न संघसंस्थालको पहलमा समन्वय गरी दिने गरिएको रेग्मी बताउँछन् । जेलमा रहेका बालवालिकाहरुलाई राख्न समस्या हुने गरेका कारण उनीहरुलाई जेलबाट सकेसम्म वाहिर राख्न परोपकारी संस्थाहरुसँग जेल प्रशासनले हातेमाले गर्ने गरेको छ ।
जसले उनीहरुलाई स्कुल पु¥याइरहेछिन्
सीएनएन हिरो पुष्पा बस्नेतद्वारा सन्चालित प्रारम्भिक वालविकास केन्द्रले चार बालवालिकालाई जेलबाट स्कूल र स्कूलबाट जेलसम्म पु¥याउने काम गरिरहेको छ । आमाको न्यानो साथ नछुटोस् भनेर उनीहरुलाई आमाकै साथमा राखिरहन यो काम गरिएको केन्द्रका अधिकारीले बताउँछन् । केन्द्रका कर्मचारी उमा थापाले यी वालवालिकालाई स्कूल ल्याउने लैजाने काम गरिरहेकी छिन् । उनीहरुलाई स्कूल पु¥याउने मात्रै होइन उनीहरु स्वस्थ र फुर्तिलो हुन सकुन् भनेर उनीहरुलाई खानाको व्यवस्था समेत संस्थाले गरेको छ । प्रारम्भिक रुपमा उनीहरुलाई जेलमै पढाउने गरिएको थियो । महिला कारागारभित्रको यो बन्द संसारबाट उनीहरुलाई सबैसँग घुलमिल हुन सकुन र संसार बुझुन् भनेर स्कूल पु¥याएको पुष्पा बस्नेत बताउँछिन् ।
अहिले उनीहरुको व्यवहारमा समेत परिवर्तन आएको छ भने वाहिर संसार देखेर उनीहरु खुसी भएका छन् । जेललाई नै घर ठान्ने बालवालिकाहरुलाई आश्रय दिन सकेकोमा वस्नेत खुसी व्यक्त गर्छिन् ।
यी त उदाहारण मात्रै हुन्, वालविकास केन्द्रको संरक्षणमा अहिले देशभरीका विभिन्न कारागारमा रहेका वालवालिकाहरु छन् । नावालकहरुलाई आमाको साथ नछुटोस् भनेर उनीहरुलाई आमाकै साथमा राख्ने गरिएको हो भने ठूलो भएपछि केन्द्रले होस्टेलमा राखेर उनीहरुको पठनपाठन गर्ने सोच राखेको छ ।
उनीहरुलाई चाहिने गाँसबासको बन्दोबस्त पनि संस्थाले नै गरिरहेको छ । पुष्पाको यो परोपकारी कामले गर्दा अहिले यी चार बालवालिका मात्रै होइनन् जेलभित्र बन्दी जीवन बिताइरहेका अन्य कयौं बालवालिकाको समेत उद्दार भएको छ भने उनीहरुको भविष्य समेत उज्वल बनिरहेको छ ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice