स्विस बैंकमा नेपालीको खाता रहेकोबारे मुख्यसचिवको चासो

काठमाडौं । स्विजरल्यान्डको एचएसबीसी प्राइभेट बैंकमा नेपालीको नाममा रकम भेटिएपछि भइरहेको छानबिनमा मुख्यसचिव लिलामणि पौडेलले चासो दिएका छन् ।
मुख्यसचिवले छानबिन र सरोकार राख्ने सबै सरकारी निकायका अधिकारीलार्इ बोलाएर पछिल्लो अवस्थाबारे जानकारी लिएका हुन् ।
एचएसबीसी बैंकमा नेपालीको नाममा देखिएको करिब साढे ५ अर्ब रुपैयाँबारे संसदको अर्थ समितिले छानबिन र कारबाही गर्न सरकारलाई निर्देशन दिइसकेको छ ।
त्यसपछि विभिन्न निकायले काम अघि बढाएका छन् । मुख्यसचिवले अर्थ मन्त्रालय, राजस्व अनुसन्धान विभाग, राष्ट्र बैंक र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलगायतका प्रतिनिधिलाई बोलाएर छलफल गरेको कान्तिपुर दैनिकमा समाचार छ ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice